Sunday, May 16th, 2021
बबलगमको ईतिहास

बबलगमको ईतिहास

कुनै समयमा यूनान र तुर्कीका मानिसहरु गम चबाउने गर्थे । त्यहाँ खेती गरिने मास्टिकको बोटबाट धेरै मात्रामा गम निस्किन्थ्यो । उनीहरु त्यो गम खाना खाई सकेपछि चबाउने गर्थे । उनीहरुका अनुसार खाना खाई सकेपछि गम चबाउँदा दाँत सफा हुन्थ्यो । साथै श्वास ताजा हुन्थ्यो । अमेरिकामा पनि त्यसबेला मानिसहरु स्पोडिला भन्ने बोटको गम चबाउन अभ्यस्त थिए । उनीहरु चबाउनु अघि स्पोडिलाको गममा मौरीको मैन मिसाउँथे । जसबाट गम नरम हुन्थ्यो र चबाउन मजा आउथ्यो ।

त्यसबेला गम चबाउने चलन थियो तर यसको व्यापार गर्ने कुनै मनसाय थिएन । गम चबाउने सम्बन्धि सन् १८४८ मा व्यापारिक उद्देश्य शुरु भयो । सबै भन्दा पहिला बबलगम बनाउने विचार जान बी कर्टिशको दिमागमा आयो । कर्टिशले सहि तरिकाले बबलगमलाई बजारमा ल्याए । उनले गमलाई उमाले, सफा गरे अनि चीसो पारेर टुक्रा टुक्रा पारेर काटे । ति टुक्राहरुलाई उनले रंगीन कागजमा प्याक गरे र पसलहरुमा बेचे । उनको यो तरिका सफल भयो । तर उनले गमलाई साधारण तरिकाले बजारमा ल्याएर गल्ति गरे । सन् १८५० मा कर्टिशले आफ्नो गल्तिलाई सुधारे र उनले गममा मैन मिसाएर नरम बनाए । त्यसपछि उनले अलग अलग प्याकमा गोली वा टुक्रा राखेर बजारमा ल्याए । यसपटक प्याकिङ्गको हिसाबले धेरै जसो नाम राखी उनले बिक्री गरे । यिनमा सुगर, क्रीम, व्हइट माउण्टेन, लिकोराइस लूलू बिगेष्ट एण्ड बेस्ट जस्ता नामहरु थिए । कर्टिशको यो तरिका यति सफल भयो कि हेर्दा हेर्दै उनको प्रोडक्टको आपूर्ति कम लाग्न थाल्यो । माग र आपूर्तिका बिचमा संतुलन बनाउन उनले तीन तले फ्याक्ट्री बनाए । त्यहाँ २०० जना कर्मचारीहरुलाई बबलगम बनाउन खटाइयो । लगभग दुई दशक सम्म कर्टिशको बबलगम अमेरिकामा निकै बिक्री भयो ।

पछि विलियम फिजले भन्ने व्यक्तिले कर्टिसको भन्दा अलग किसिमको बबलगम बनाए । उनले सन् १८६९ मा बबलगममा रबर मिसाएर नयाँ बबलगम बजारमा ल्याए र उनले त्यसको पेटेंट पनि गराए तर त्यसले त्यति सफलता पाएन । त्यसैताका न्यूजर्सीमा बस्ने मेविसकोका निर्वासित राष्ट्रपति अंटोनियो लोपेज द सांटा अन्नालाई पनि आफ्नो देशमा पाइने बोटहरुबाट निस्किने गमको प्रयोग गर्ने विचार आयो । उनले मेक्सिकोबाट आफ्नो साथी सँग एक टन गम मँगाए । उनको उद्देश्य त्यो गम अमेरिकामा बेच्ने थियो तर उनले कोही पनि किन्ने मान्छे भेट्टाएनन् । अन्त्यमा थोमस एडम्स भन्ने व्यक्तिले त्यो गम किने । उनले गमलाई उमालेर चिसो पारेर चबाए । उनलाई त्यसको स्वाद मन प¥यो । उनले तुरुन्त केही गम उमालेर चीसो पारी कागजमा बेरेर पसलमा दिए । उनको सबै गम बिक्री भयो र ग्राहकहरुले अझ मागिरहेका थिए । त्यसपछि उनले गमलाई बबलगमको रुपमा बेच्न थाले ।

१८७१ मा एडम्सले ब्ल्याक ज्याक नामको स्वाद भएको बबलगम बजारमा ल्याए । त्यस भन्दा अघिको बबलगम स्वादिष्ट हुँदैन थियो । त्यस पछि विभिन्न कम्पनीहरुले विभिन्न फ्लेवरका बबलगम निकाले र त्यो निकै चल्यो । विभिन्न तरिकाले बबलगम बनाए पनि तिनीहरु केही बेर चबाए पछि मुखमा राखीरहन सकिदैन थियो । सन् १८८० मा एडम्सले आफ्ना साथी कोगनको मद्दतले धेरै बेर सम्म चबाउन मिल्ने र स्वाद पनि रहिरहने बबलगम बनाए । मानिसहरुले त्यसलाई निकै मन पराए ।

बबलगमको शुरुवात् भएको ५८ वर्ष पछि १९०६ मा फ्रेंक फ्लीसर भन्ने व्यक्तिले गमबाट नयाँ वस्तु बनाए । त्यसलाई चबाएपछि बेलुन जस्तै फुलाउन सकिन्थ्यो । यसै विशेषताका कारण यसको नाम बबलगम रहन पुग्यो । तर यसलाई केही बेर चबाउदा च्याप च्याप टाँसिन थाल्थ्यो । पछि त्यस कम्पनीका कामदार डेयरले गुलाबी रंगको धेरै बेर सम्म चबाउन मिल्ने बबलगम बनाए । त्यस पछिका दिनहरुमा फ्लीसरको बबलगमको असर आज पनि देख्न सकिन्छ किनकी हिजो आज पनि बबलगम गुलाबी रंग कै धेरै बनिने गर्छ । सन् १९२८ मा बबलगम अन्र्तराष्ट्रिय बजारमा आए पछि यसमा निकै परिवर्तनहरु भए ।

बबलगम चबाउँदा कुनै किसिमको बेफाइदा छैन । बैज्ञानिकहरुका अनुसार यसले मुखको गन्ध हटाउँछ साथै मस्तिष्कको विकासका लागि पनि फाइदाजनक छ । बबलगम चबाउने व्यक्तिले कुनै कुराको प्रतिक्रिया दिन ४९३ सेकेण्ड समय लिन्छन् भने नचबाउने व्यक्तिले ५४५ सेकेण्ड समय लिन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*