Sunday, May 16th, 2021
कुरकुरे भिन्डी

कुरकुरे भिन्डी

सामाग्रीः भिन्डी २०० ग्राम, वेसन २ ठूलो चम्चा, कार्न फ्लोर ठूलो चम्चाको २ चम्चा, नून स्वाद अनुसार, गरम मसाला १,४ सानो चम्चा, बेसार पाउडर, चाट मसाला

विधिः

भिन्डीलाई पानीले राम्रो सँग पखाल्ने र त्यसको सबै पानी तर्काउने या कपडाले पुछेर पानी सबै जाने गरी पुछ्ने । सवै भिन्डीको दुवैतिरका डाँठलाई काटेर फालिदिने र एउटा भिन्डीलाई लामो पारेर पातालो चार भाग हुने गरी बिचमा काट्ने ।

काटेको भिन्डीलाई एउटा भाँडामा राख्ने जसले गर्दा मसालाहरुले मोल्न सजिलो होस् । भिन्डीमा नून, रातो खोर्सानीको धूलो, बेसार पाउडर, गरम मसाला हालेर भिन्डीमा राम्रो मिश्रण हुने गरी हातले हल्का मुछ्ने । मसाला हालेको भिन्डीलाई १० मिनेट त्यतिकै छोड्दिने जसले गर्दा भिन्डीबाट निस्केको रसले भिन्डीलाई नरम बनाउँछ । त्यसपछि त्यसमा बेसन र कर्नफ्लोर हालेर भिन्डीमा राम्रो सँग मिक्स हुने गरी केहि बेरसम्म मुछ्ने । भिन्डीलाई फ्राई गर्नका लागि ग्यासमा कराई बसालेर भिन्डी डुब्ने ठूलो आँचमा तेल तताउने । तेल तातिएपछि थोरै थोरै गरी जति कराईमा अटाउँछ त्यति भिन्डी हालेर फ्राई गर्ने । भिन्डी कुरुम करुम र गोल्डेन ब्राउन भएपछि प्लेटमा निकाल्ने । यसरी तारिएको भिन्डीलाई प्लेटमा राखेर माथिबाट चाट मसालाले छर्किदिने । यसरी कुरकरे भिन्डी तयार भयो । कुरकुरे भिन्डीलाई खाजाको रुपमा वा खाना सँग पनि खाँदा स्वादिष्ट हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*