Sunday, May 16th, 2021
यसरी भयो चियाको शुरुवात

यसरी भयो चियाको शुरुवात

संसारभरि सर्वाधिक प्रयोगमा आउने पेय पदार्थ चिया चीनको देन हो । चीनको ईतिहाँसमा चियाको संदर्भ ३५० ईसा पछि नै भेटिन्छ । तर यसको शुरुवात् ईशा भन्दा २७२७ वर्ष अघि नै भईसकेको थियो । मान्यता अनुसार चियाको खोज तत्कालीन चिनीयाँ राजा सैननुगले गरेका थिए । एक पटक उनी आफ्ना लागि पीउने पानी उमाल्दै थिए । कतैबाट जंगली चियाका पातहरु त्यसमा पस्यो । त्यस पछि राजाले पाए कि उनको पीउने पानीको स्वाद र रंग दूवैमा परिवर्तन आएको थियो । पछि चियाको पात हालेर उमालेको पानी राजाको प्रिय पेय पदार्थ बन्न पूग्यो । यसप्रकार चियाको प्रचलन शुरु भयो । चीनबाट नै छैठौ शताब्दीमा चियालाई जापानमा लगियो । यूरोपमा पहिलो पटक सन १७१० मा डच व्यापारीहरुद्धारा चिया लगियो । ब्रिटेनको कफि हाउसहरुमा पहिलो पटक सन् १६८७ मा चिया उपलब्ध गराईयो र आउँदा सय वर्षमा चिया ब्रिटेनको राष्ट्रिय पेय पदार्थ बन्न पूग्यो ।

जापानमा चियाको शुरुवातका बारेमा बेग्लै कथा प्रचलित रहेको छ । त्यहाँ यसलाई बोधिधर्मसँग जोडिएको छ । बोधिधर्म एक विद्धान बौद्ध भिक्षु थिए जसले भारतबाट गएर चीन र जापानमा बुद्ध धर्मको प्रचार गरेका थिए । एक पटक बोधि धर्मले एउटा गुफा जस्तो मन्दिरमा ९ वर्ष ध्यान साधना शुरु गरे । केहि महिना पछि उनी थाक्न थाले र उनलाई निन्द्रा लाग्न थाल्यो । जब उनी जागे उनलाई ग्लानि भयो र फेरि निन्द्रा नलागोस् भनेर उनले आँखाको परेला काटेर माटोमा फ्याली दिए । किवंदन्ती अनुसार जहाँ बोधि धर्मको परेला झ¥यो, त्यहाँ पहिलो पटक चिया उम्रियो, जसले बोधि धर्मलाई फेरि कहिल्यै पनि थकान सुस्ती र निन्द्रा लाग्न दिएन । फलस्वरुप उनको साधनाको बाँकि दिनहरुमा निरन्तर चुस्ती कायम रहिरहयो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*