Sunday, May 16th, 2021
सफल व्यक्तिका भनाईहरु

सफल व्यक्तिका भनाईहरु

जसरी साझा गर्दा खुसी दुई गुणा बढ्छ, त्यसै गरी साझा गर्दा दुख पनि आधा हुन्छ ।

मजाक र पैसा निकै सोचेर मात्र उडाउनु पर्छ ।

गलत सोच र गलत अनुमानले व्यक्तिलाई हरेक सम्बन्धबाट अन्जान बनाउँछ ।

जब सपनाको बाटो आवश्यकता तिर मोडिन्छ तब वास्तविक जीवनको अर्थ थाहा हुन्छ ।

यदि कसैको मन सफा छैन भने उसको सुन्दर अनुहार पनि कुनै कामको हुँदैन ।

तपाईँले कसैको भाग्य बदल्न नसके पनि राम्रो प्रेरणा दिएर कसैको मार्गदर्शन त गर्न सक्नुहुन्छ ।

विश्वास त जित्नु पर्छ, मागेर पाइँदैन । यो त्यो सम्पत्ति हो, जुन प्राप्त गर्न‘ पर्छ कमाइँदैन ।

जसबाट कसैले केही आशा गरेको हुँदैन । प्रायः त्यही व्यक्तिले चमत्कार गर्ने गर्छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*