Sunday, May 16th, 2021
खेलकुद

खेलकुद

– श्रीलंकाले बंगलादेशलाई दोस्रो टेस्टमा सोमबार २ सय ९ रनले पराजित गरेर दुई खेलको शृंखला १–० ले जितेको छ । जितका लागि ४ सय ३७ रनको कठिन लक्ष्य पाएको बंगलादेश पाँचौं दिनको पहिलो सत्र २ सय २७ रन बनाएर अलआउट भयो । पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो ।

– वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई सोमबार २–१ ले हराएको छ । यससँगै टोलीले अर्को सिजन युरोपेली फुटबल खेल्ने सपना कायम राख्यो । एक गोलले पछाडि रहेर खेलमा फर्केको वेस्टह्याम ५८ अंकसाथ पाँचौं स्थानमा छ ।

– इन्डियन प्रिमियर लिगले कोरोना भाइरस संक्रमणका कारण सोमबार पहिलोपटक खेल स्थगित गरेको छ । कडा सुरक्षाकाबीच रहेका दुई खेलाडी
कोरोना संक्रमित भएको पाइएको हो ।

– विराटनगर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। सोमबार भएको खेलमा चितवन एफसीलाई २–० गोलले पराजित गर्दै विराटनगर शीर्ष स्थानमा उक्लिएको हो।

– स्पानिस ला लिगाको चौथो स्थानमा रहेको सेभिया एथ्लेटिक विल्वाओसँग १-० ले पराजित भएको छ । सोमबार राति घरेलु मैदानमै भएको खेलमा अन्ति मिनेटमा गोल व्यहोरेपछि सेभिया पराजित भयो । यस हारले सेभियाको उपाधि होड कमजोर बनेको छ ।

– अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो। घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो।

– नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसियसनका महासचिव मेघराज पौडेल इन्टरनेश्नल फेडेरेशन अफ स्पोर्टस क्लाइम्बिङ (आइएफएससी)को इभेन्ट कमिसनको सदस्यमा निर्वाचित भएका छन् । सन् २०२१ मार्चमा बसेको एसियन काउन्सिलको साधारण सभाले पौडेललाई इभेन्ट कमिसनको सदस्यमा पौडेललाई निर्वाचित गरेको नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसियसनका सचिवले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*