Saturday, June 19th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको हो । मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ । यससँगै अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ ।

– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगबाट भएका कर मिनाहाका बाँकी फाइलमाथि अनुसन्धान सकेर मुद्दा दायर गर्ने भएको छ । अख्तियारले २०७१ सालमा गठित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव भई काम गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध दोस्रो मुद्दा दायर गर्ने तयारी गरेको हो । शर्माको बयान लिइरहेको अख्तियारले बाँकी अनुसन्धानका सबै प्रक्रिया पूरा भइसकेको स्रोतले जनाएको छ ।

– सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ। इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ।

– कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन।

– सरकारले साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । यसअघि १३ हजार ४५० रहेको न्यूनतम् तलवमान १५ हजार पुगेको छ । तर, सरकारी निर्णयमा निजी क्षेत्रले भने असन्तुष्टि पोखेका छन् । महामारीको समयमा औद्योगिक तथा व्यवसायिक क्षेत्र थला परेको भन्दै उद्योगी व्यवसायीले सरकारको निर्णयलाई ‘बेठीक’ भनेका छन् ।

– नेपालमा पछिल्लो एक महिनाको अवधिमा साढे २२ हजार विदेशी नागरिक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार अंग्रेजी महिना अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् । एकातर्फ नेपालभित्र पर्वतारोहणको मौसम र अर्कोतर्फ भारतीय नागरिकले नेपाललाई ट्रान्जिट गन्तब्य बनाएका कारण पर्यटक आगमनको आंकडा बढी देखिएको हो । यो संख्या पछिल्लो एक वर्षयताकै सर्वाधिक आगमन हो ।

– पाख्रीबास नगरपालिकाले नमुना कफी खेती विस्तार गर्ने तयारी गरेको छ । पाख्रीबास नगरपालिका–८ स्थित राई गाउँमा कफीका ५ लाख बिरुवा उत्पादन थालिएको छ । नर्सरीमा ५० हजार बिरुवा उत्पादन भइसकेका छन् । नगरभित्रका किसानलाई सहुलियत दरमा यी बिरुवा बिक्री वितरण गरिने तयारी गरिएको नगरपालिकाका प्रमुखले जानकारी दिए ।

– निषेधाज्ञाभर जग्गा खरिद तथा बिक्री कारोबार गर्न नमिल्ने भएको छ । निषेधाज्ञाभर सेवाग्राहीलाई दिइने सेवा बन्द गरिएकाले जग्गा खरिदबिक्री गर्न नमिल्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ताले जानकारी दिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*