Sunday, May 16th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– ‘राधेःयोर मोस्ट वान्टेड भाइ’ को डान्स नम्बर सिटी मार’ २६ अप्रिलमा रिलिज गरिएको थियो। सलमान खान र दिशा पटानीका प्रशंसकको अपेक्षाअनुसार गीतले सबैको मन जितेको छ। आकर्षक बिट्स, सलमान र दिशाको सेन्सेसनल केमिस्ट्री अनि मस्तीले भरिएको डान्स मुभमेन्टका कारण ‘सिटी मार’ लेबाट दर्शकले निकै मनोरञ्जन गरे। दर्शकको प्रतिक्रियासँगै रिलिजको २४ घण्टामै धेरै रेकर्ड तोडेको थियो। गीतले सबै प्लेटफर्ममा३० मिलियन भ्युज पार गरेको थियो। २४ घण्टामा दुनियाँभरमाधेरै हेरिएको गीत बन्न सफल भएको छ।

– ‘अमेरिकन आइडल’को नयाँ संकरणमा प्रतिस्पर्धा गरिरहेका नेपाली गायक दिवेश पोखरेल अर्थात आर्थर गन टप ७ मा स्थान बनाउन सफल भएका छन् । उनी, गतबर्षको संकरणमा फस्ट रनरअप भएका थिए । अर्थर गनले २ साता अगाडि विश्वकै चर्चित गायन रियालिटी शोमा आफ्नो प्रस्तुती दिएका थिए । उनले ‘आइरिस’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतीको निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले खुलेरै प्रशंसा गरेका थिए ।

– पूर्णकला बीसी र कुलेन्द्र विश्वकर्माको आवाज नयाँ गीत ‘सम्बन्ध शिरैमा’ सार्वजनिक भएको छ। गीतमा केही वर्षपहिले निकै जमेको जोडीकारूपमा लिइएको मोडल रञ्जिता गुरुङ र सुरेन्द्रकुमार दाहालले पुनः यो म्युजिक भिडियोमा जीवन्त अभिनय गरेका छन्। उक्त गीतको म्युजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् भने सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोमा शिव पौडेलको सम्पादन छ।

– लन्डन निवासी डा. कपिल रिजालले निर्देशन गरेको अंग्रेजी भाषाको छोटो फिल्म ‘कर्मा स् लाइफ इज ए बुमर्याङ, यु गेट ह्वाट यु गिभ’ दर्शकमाझ आएको छ। अंग्रेजी भाषामा तयार पारिएको फिल्म जस्तो कर्म गर्यो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ। २६ वर्षदेखि लन्डनमा बसी आफूलाई सफल तथा लोकप्रिय दन्त चिकित्सकका रूपमा उभ्याउन सफल डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो। डा। रिजालको घरेलु फिल्म निर्माण कम्पनी केआर प्रडक्सनको ब्यानरमा निर्मित फिल्ममा उनले लन्डनवासी नेपालीका साथै लन्डनका कलाकारलाई अभिनय गराएका छन्।

– बलिउडमा कलाकारको बिषयमा विभिन्न खालका गसिपहरु चलिरहेका हुन्छन् । मिडियामा कलाकारका बिषयमा आउने केही यस्ता खबरले भने उनीहरुको जीन्दगी र करिअरमा नै असर गरेको हुन्छ । नायिका इलियाना डिक्रुजले पनि हालै एक अन्तरवार्तामा आफ्ना बिषयमा सार्वजनिक भएका गलत खबरको बिषयमा जानकारी दिएकी छिन् । उनले, सन् २०१८ मा आफू गर्भगती भएको खबर सार्वजनिक भएको बताइन् । यो खबरले आफूलाई निकै नै चिन्तित बनाएको पनि इलियानाले उल्लेख गरेकी छिन् । उनले, केही मानिसहरुले यस्तो खबर पनि छाप्ने गरेको भन्दै यो झुटो भएको उल्लेख गरिन् । यस्तै, आफूले आत्महत्या गरेको खबर पनि सार्वजनिक भएको इलियानाले बताएकी छिन् । उनले, यो खबरले पनि आफूलाई निकै दुखी बनाएको उल्लेख गरेकी छिन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*