Saturday, June 19th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डिसिभिर लगायतका औषधि बिक्री वितरण गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सरोकार पक्ष सबैमा आग्रह गरेको छ । विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमआरपी भन्दा बढीमा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ ।

– झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीका अनुसार सोमबार राति १०स्५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

– कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीका अनुसार एक महिलासहित ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

– चितवनको भरतपुर अस्पतालमा उपचाररत चितवन र बाराका कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुष रहेका छन् ।

– हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा–६ की ४१ वर्षीया महिलाको मृत्यु भएको हो ।

– वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी–१ सप्तरीका ५० वर्षीय पुरुष रहेका छन् ।

– सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १७२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ताका अनुसार जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १३ वटा चारचक्के र १५९ वटा मोटरसाइकललाई सप्तरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।

– त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको चार दिनपछि शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव सोमबार फेला परेको हो । सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भनिने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

– सोलार ब्याट्री पड्केर आगो लाग्दा सल्यानको दार्मा गाउँपालिका–३ धुलखर्कस्थित मगरखोलामा दुई घर जलेका छन् । स्थानीय चन्द्रबहादुर रोकाय र दुर्गाबहादुर रोकायका घर जलेका हुन् । आगलागीका कारण घरमा भएका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, नगद तथा सुनका गहना नष्ट भएको इलाका प्रहरी कार्यालय दार्माले बताएको छ ।

– संगठित मानव तस्करको फन्दामा परेर श्रीलंकाको जेलमा पुगेका २६ नेपाली महिलालाई साढे दुई महिनापछि त्यहाँस्थित अदालतले स्वदेश फिर्तीको अनुमति दिएको छ । अदालती अनुमति पाए पनि थुनामा रहेका २६ मध्ये १७ जना कोरोना संक्रमित हुँदा उनीहरूको नेपाल फिर्ती अनिश्चित बनेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*