Thursday, July 29th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सुनचाँदीको भाउ आज केही घटेको छ। हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा ९३ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ । अस्ति शुक्रवार तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

– सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारणा देखाउँदै नयाँ आवेदनसहित परीक्षा बन्द गरेको छ । विभागका अनुसार त्यतिबेलासम्म परीक्षामा सहभागी हुन साढे ४ लाखसम्म आवेदन परिसकेको थियो ।

– आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । प्रि-ओपनिङ सेसनमा ५० कम्पनीको सेयर कारोबार हुँदा ४१ कम्पनीको सेयर मूल्य बढेको थियो । नियमित कारोबार समयको ३० मिनेटसम्ममा नेप्से ५३।३९ अंकले बढेको छ ।

– कोभिड संक्रमणका कारण विभिन्न प्रतिकूल परिस्थितिको अवरोध भए पनि आयात बढेकाले भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७र०७८ मा राजस्व असुलीको लक्ष्य भेट्टाएको छ । राजस्व असुलीका दृष्टिले वीरगन्जपछिको मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारले तीन वर्षमा बल्ल यसपटक राजस्व असुलीको लक्ष्य भेटेको हो ।

– सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट महिना दिनयता मालवाहक सवारी आउजाउ ठप्प छ । सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्ग ९२६ किलोमिटर० को लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि ठप्प नाका सञ्चालनमा आउन सकेको छैन ।

– बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण गरिंदै छ । आइतबार प्रतिघण्टा १२० किलोमिटरको गतिमा परीक्षण हुने छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकले जानकारी दिए ।

– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणलगायत काम सक्न प्राधिकरणको अवधिभर अहिले उपलब्ध जनशक्ति यथावत् राख्न सिफारिस गरेको छ । प्राधिकरणको कार्यकारी समिति बैठकले बिहीबार कोभिड महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायत काममा अवरोध भएकाले हाल कार्यरत कर्मचारीको दरबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

– सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ। सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुर्याउने घोषणा गरेका थिए। अब श्रमिकले आधारभूत पारिश्रमिकबापत रु नौ हजार ३८५ र महँगी भत्ताबापत रु पाँच हजार ६१५ गरी मासिक रु १५ हजार पाउने छन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*