Thursday, July 29th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी भने कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् । किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको वुझिएको छ । यसपछि, भने उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।

– भारतका चर्चित म्युजिक कम्पनी टि-सिरिजका मालिक भूषण कुमार विरुद्ध ‘दुष्कर्म’ गरेको अरोप लागेको छ । ३० वर्षीय महिलाले आफुलाई एक प्रोजेक्टमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको जिकिर गरेकी छिन् । यसको खण्डन गर्दै कम्पनीले भुषण कूमारमाथि लागेको आरोप झुटो भएको बताएका छन् ।

– बलिउड अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा निधन भएको छ । सुरेखाका म्यानेजरलाई उद्धृत गर्दै उनको निधन शुक्रबार बिहान हृदयघातबाट भएको पुष्टि गरेका छन् ।

– नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो टप ७ सम्म पुगेको छ । यो शोको उत्कृष्ट ७ मा पुगेका प्रतिस्पर्धीविच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रतिस्पर्धीहरुको भिडमा सिक्किमबाट आएका विक्की अग्रवाल पनि चर्चामा छन् । उनी, कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा थिए । अहिले उनलाई जिताउनका लागि सिक्किममा अभियान नै चलेको छ । उनलाई सिक्किमका मुख्य मन्त्रीले समेत रकम सहयोग गरेका छन् । उनलाई प्रतियोगीतामा अगाडि बढाउनका लागि चाहिने भोटको व्यवस्था गर्नका लागि मुख्य मन्त्री पीएस गोलेले ५ लाख सहयोग गरेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*