Thursday, July 29th, 2021
खेलकुद

खेलकुद

– नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग ईपीएलमा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले आइतबार विज्ञप्ति जारी गर्दै चौथो सिजनको ईपीएलमा सोमपालले चितवनको कप्तानी गर्ने जनाएको हो । सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् ।

– जोस बटलरको अर्धशतक अनी मोइन अलीको अलराउण्ड प्रदर्शन प्रेरित इंग्ल्याण्डले दोस्रो टी(२० मा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । यस जितपछि घरेलु टोली इंग्ल्याण्डले तीन खेलको सिरिजमा १(१ को बराबरी गरेको छ । अब तेस्रो टी(२० निर्णायक बन्ने भएको छ ।

– तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम वली लुम्बिनी खेलकुद परिषद्को सदस्यसचिव नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्ले वलीलाई सदस्यसचिवमा नियुक्त गरेको हो ।

– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित भएका छन् । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले शनिबार लेग स्पीनर सन्दीपलाई नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित गरेको हो । ‘दी हन्ड्रेड’ क्रिकेट खेल्नका लागि हाल इंग्ल्याण्डमा रहेका सन्दीप सम्मान कार्यक्रममा उपस्थित थिएनन् । यही जुलाई २१ देखि शुरु हुने दी हन्ड्रेडको पहिलो संस्करणमा सन्दीपले ओभल इन्भिन्सिबलबाट खेल्ने छन् ।

– आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एभीसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको नेपालले अर्को वर्ष खेल्न पाउने भएको छ । शुक्रबार एसियन भलिबल कन्फेडेरेसन ९एभीसी०ले नेपाल र भारतलाई कोभिड–१९ का कारण प्रवेश निषेध रहेकाले च्याम्पियनसिपमा सहभागी गराउन नसक्ने जनाउँदै आठ टीमको मात्र ड्र सार्वजनिक गरेको थियो । जापान र हङकङले भने नाम फिर्ता लिएका थिए ।

– टोकियो ओलम्पिकमा सहभागी हुन जाने तयारीमा रहेकी नेपाली एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण देखिएको छ । यही जुलाई २३ देखि जापानमा हुने ओलम्पिकमा सहभागिता जनाउने पक्का भएकी मल्लको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*