Thursday, July 29th, 2021
विदेशमा आज

विदेशमा आज

– अफगानिस्तानले पाकिस्तानबाट राजदूतसहित सबै कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाएको छ । अफगानिस्तानको विदेशमन्त्रालयका अनुसार राष्ट्रपति असरफ घानीको आदेशमा पाकिस्तानका लागि राजदूत नजिबुल्लाह अलिखिलसहित सबै कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाइएको हो ।

– विभिन्न देशका सरकारहरुले शंकास्पद व्यक्तिमाथि जासुसी गर्न पेगासस नामको एक सफ्टवेयर इजरायलबाट किनेर प्रयोग गरिरहेको खुलासा भएको छ । विश्वभरका अधिकारकर्मी, पत्रकार, वकिल, उच्च तहका नेताहरुको जासुसी गर्ने उद्देश्यले यो सफ्टवेयर खरीद भएको मिडिया रिपोर्टहरुले जनाएका छन् । नेपालमा यो सफ्टवेयर प्रयोग भए नभएको बारे खुलिसकेको छैन । यही पेगाससमार्फत् भारत सरकारले ४० भन्दा बढी पत्रकारहरुको जासुसी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

– विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

– बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको घोषणा गरिएको जनाइएको थियो । बंगलादेशमा गएको २४ घन्टामा कोरोनाका आठ हजारभन्दा बढी संक्रमितहरु देखिएका छन् । त्यस्तै शनिबारमात्र २०४ जनाको ज्यान गएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*