Thursday, July 29th, 2021
खेलकुद

खेलकुद

– एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण सोमबार शुरु भएको छ । एएफसी महिला एसियन कप २०२२ को छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएका अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।

– पोखरामा वैशाख १५ बाट निषेधाज्ञा जारी भए पनि वैशाख २० बाट फुटबल स्टेडियमको काम पुनः सुरु भएपछि निर्माण अन्तिम चरणमा पुगेको छ । स्टेडियमको प्रि–इन्जिनियरिङ बिल्डिङ ९पीईबी० र भीआईपी प्यारापिटमा ट्रस्ट बनाएर छाना हालिएको छ । भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले रंगशाला निर्माण गरिरहेको छ ।

– जोस बटलरको अर्धशतक अनी मोइन अलीको अलराउण्ड प्रदर्शन प्रेरित इंग्ल्याण्डले दोस्रो टी-२० मा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । यस जितपछि घरेलु टोली इंग्ल्याण्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब तेस्रो टी-२० निर्णायक बन्ने भएको छ ।

– घरेलु टोली आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन मात्र बनाउन सक्यो ।

– एसियाली फुटबल महासङ्घ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो । कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो । अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ ।

– जापानमा हुने टोकियो ओलम्पिकमा जाने पक्का भएकी प्रशिक्षक इन्द्रकुमारी मल्ल आइतबार कोरोना पोजेटिभ देखिएको भन्दै जापान जानबाट रोकिइन् । नेपाल ओलम्पिक कमिटीले उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो । मल्लले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन् । मल्लले आइतबार आफैं कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । मल्लले आफूलाई जापान जानबाट रोक्ने योजनाअनुसार कोरोना रिपोर्ट पोजेटिभ देखाएको बताएकी छन् । ओलम्पिकमा सहभागी हुन जाने सबै जना एउटै होटलमा बस्दै आएकामा आफ्नो मात्र रिपोर्ट पोजेटिभ आउनु रहस्यमय भएको उनले बताइन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*