Thursday, July 29th, 2021
विदेशमा आज

विदेशमा आज

– इराकको राजधानी बगदादमा सोमबार गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । बगदादको बजार क्षेत्रमा भएको बम विस्फोटमा ६० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

– बंगलादेशमा मुसलमानहरुको पर्व इद अल अदाको लागि लकडाउन हटाइएपछि कोरोना संक्रमण तीव्र गतिमा फैलिन सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । बंगलादेशमा कोरोना संक्रमण फैलिएसँगै गत जुलाई १ देखि अधिकांश सेवाहरु बन्द गरिएको थियो । लकडाउन जारी रहेको बेला पनि बंगलादेशमा दैनिक करिब दुई सय जनाको मृत्यु भइरहेको थियो भने नयाँ संक्रमितको संख्या ११ हजारको हाराहारीमा थियो । तर, विशेषज्ञहरुको चेतावनीका बाबजुद जुलाई १५ देखि २३ सम्म पर्व मनाउनका लागि सरकारले लकडाउन हटाउने निर्णय गरेको थियो । यद्यपि मानिसहरुलाई मास्क लगाउने र कडाइका साथ स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्ने नियम लगाइएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।

– अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र बेलायतको भनाइ छ ।

– इजरायली एक कम्पनीले विश्वभरका अधिकारकर्मी, पत्रकार तथा अधिवक्ताहरूको टेलिफोनसम्बन्धी जानकारी अधिनायकवादी सरकारहरूलाई बेचेको पाइएको छ । ५० हजारको हाराहारीमा रहेको फोन नम्बरको सूची इजरायली कम्पनी एनएसओले आफ्ना क्लाइन्टहरूलाई बेचेको विश्वका प्रमुख सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक भएको खबरमा उल्लेख छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*