Thursday, July 29th, 2021
खेलकुद

खेलकुद

– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् । इंगल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन लागेको दी हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए ।

– अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखलामा बुधबार विजयी सुरुवात गरेको छ । पाहुना टिमले डकवर्थ लेविस नियमअन्तर्गत १ सय ३३ रनको ठूलो अन्तरको जित निकालेको हो ।

– जापानको ओलम्पिक प्रशिक्षण क्याम्पबाट हराएका युगान्डाका भारोत्तोलन खेलाडी जुलियस सेकिटोलेको चार दिनपछि भेटिएको प्रहरीले मंगलबार जनाएको छ । प्रहरीका अनुसार कामको खोजीमा आफू क्याम्प छाडेर हिँडेको जुलियसले बताएका छन् ।

– भारतले श्रीलंकालाई मंगलबार तीन विकेटले पराजित गर्दै तीन एकदिवसीय शृंखला जितेको छ । पहिलो र दोस्रो खेल जितेपछि शृंखला भारतको पक्षमा गएको हो ।

– इंग्ल्यान्डले तेस्रो तथा अन्तिम खेलमा मंगलबार पाकिस्तानलाई तीन विकेटले पछि पार्दै ट्वान्टी–ट्वान्टी सिरिज २–१ ले जितेको छ । इंग्ल्यान्डले जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याइरहेको थियो ।

– राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) ले निर्धारित समयभित्र आवेदन नदिएका कारण टोकियो पारा ओलम्पिकमा नेपालबाट पौडी खेलमा प्रतिनिधित्व हुन नपाएको खुलासा भएको छ । जापानमा शुक्रबार ३२ औं ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ । अगस्ट ८ ९साउन २४० मा ओलम्पिक सकिएको १५ दिनपछि टोकियोमै पारा ओलम्पिक हुनेछ ।

– ललितपुरका चार क्लबले आगामी असोज ३ गतेदेखि गर्ने तय भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न माग गरेका छन् । थ्री स्टार, जावलाखेल युथ, फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले कोरोना संक्रमण दरमा उल्लेखनीय कमी नआएको भन्दै असोज ३ गतेदेखि गर्ने तयारी गरिएको ए डिभिजन लिग रोक्न अखिल नेपाल फुटबल संघ ९एन्फा०सँग माग गरेका हुन् ।

– आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको ट्राई सिरिज आगामी सेप्टेम्बरमा गर्ने तयारी भइरहेको छ । यसअघि मार्चमै ओमान आयोजना हुने भनिएको यस सिरिज कोभिड–१९ को असरपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले स्थगित गरेको थियो । त्यसपछि नेपाल सम्मिलित अर्को सिरिज पनि यस वर्ष स्थगित भइसकेको छ ।

– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय मिडिया एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडिया रहने भएको छ । आयोजक ईपीएल प्रालिले अष्ट्रेलियाको मारोन मिडियालाई अन्तर्राष्ट्रिय मिडिया अधिकार सेल्स एजेन्ट नियुक्त गरेको जनाएको छ । ईपीएलले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि मारोन मिडियासँग सम्झौता गरिएको जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*