Thursday, July 29th, 2021
विदेशमा आज

विदेशमा आज

– भारी वर्षापछि चीनका विभिन्न प्रान्तमा भीषण बाढी आएको छ । मुसलधारे वर्षासँग आएको बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

– विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस मंगलबार अन्तरिक्ष यात्रा सफल भएको छ । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यु सेफर्डमार्फत् बेजोसले अन्तरिक्ष उडान गरेका थिए । अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार बिहान नौ बजे न्यु सेफर्ड रकेट अन्तरिक्षयात्रामा उडेको थियो । उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षकी वाली फंक र १८ वर्षका एक युवक ओलिभर डायमेन थिए । उनीहरुले ११ मिनेटमा पश्चिम टेक्साससम्म यात्रा गरेका हुन् ।

– भारतमा चार महिनायताकै कम संख्यामा कोरोना सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३० हजार ९३ जनामा कोरोना सङक्रमण पुष्टि भएको र यो एक सय २५ दिनमा सबैभन्दा कम भएको भारतको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

– चीनले माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको बताएको छ । बेलायत, अमेरिका र युरोपेली युनियनले माइक्रोसफ्टको सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो । चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ ।

– चीनको राजधानी बेइजिङमा १८ वर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ विरुद्धको दुवै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् । प्राप्त जानकारीअनुसार बेइजिङमा १ करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

– अमेरिकामा रिपब्लिकन सांसद मार्जोरी टेलर ग्रीनलाई ट्वीटरले अस्थायी रुपमा प्रतिबन्ध लगाएको जनाएको छ । ग्रीनको ट्वीटर एकाउन्टले सामाजिक सञ्जालमा कोभिड १९ बारे गलत सूचना फैलाएको भन्दै ट्वीटरले उनको एकाउन्ट बन्द गरिदिएको हो । ग्रीनको ट्वीटर एकाउन्टले सामाजिक सञ्जालको सूचना नीति उल्लंघन गरेको पनि बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*