Thursday, July 29th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– चर्चित चिनियाँ र्यापर तथा कलाकार क्रिस वूलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । कम उमेरका किशोरी तथा युवतीसँग यौन सम्बन्धका लागि प्रलोभन देखाएको आरोप लागेसँगै विभिन्न ब्रान्डले उनीसँगको सम्झौता तोडेका छन् ।

– गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिएको र कोरोना महामारी पनि रहेकाले चौथो सिजन सुरु गर्न ढिलाई भएको हो । चौथो सिजनमा भने यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायकहरु परिवर्तन हुने पौडेलको भनाई छ ।

– चलचित्र संघको आँकडा अनुसार, कोरोना महामारीका कारण २ दर्जन हल बन्द भैसकेका छन् । नेपाली चलचित्रले राम्रो कमाई गर्ने हलहरु धमाधम बन्द हुँदा हललाई नै अन्तिम विकल्प मानेर चलचित्र रिलिजको पर्खाइमा बसेका निर्माताहरुको तनाव झनै बढेको छ । काठमाडौंका जय नेपाल, कुमारी, गोपिकृष्ण, गंगा लगायतका हलबाट निर्माताले राम्रो शेयर पाउने गरेका थिए । तर, यी हलहरु कुनै पूनःनिर्माणको क्रममा छन् भने केही हलहरु सधैका लागि बन्द भए ।

– आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्वीरहरु सार्वजनिक गरिन् । उनै, प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् । स्विमिङ पूलमा प्रियंकासँगै उनका नजिकका साथीहरु पनि रमाएको देख्न सकिन्छ ।

– हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता परेको बताउने गरेकी छिन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*