Tuesday, September 21st, 2021
खेलकुद

खेलकुद

– बेलायती क्वालिफायर एम्मा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । १८ वर्षीय टिनएजर राडुकानुले वर्षको अन्तिम ग्राण्ड्सलाम जित्दै ४४ वर्षपछि बेलायतलाई महिलातर्फ पहिलो ग्राण्ड्सलाम उपाधि दिलाइन् । न्युयोर्कको फ्लसिङ मिडोजमा भएको फाइनलमा राडुकानुले क्यानडाकी लेलाह फर्नान्डेजलाई ६-४, ६-३ ले पराजित गरिन् ।

– नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् । त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

– बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकवालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग ९ईपीएल० खेल्ने भएका छन् । पछिल्लो दुई सिजनको उपविजेता भैरहवाबाट श्रीलंकाका पूर्वकप्तान उपुल थारंगा र धम्मिका प्रसादले पनि खेल्नेछन् ।

– फिडे मास्टर रूपेश जैसवालले शनिबार राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचालको उपाधि जितेका छन् । सजिलोसिभी डटकमका रूपेशले ९ खेलमा २ बराबरी र ७ जितसहित ८ अंक बटुलेका थिए ।

– शुक्रबार साँझ निधन भएका पूर्वखेल नेतृत्वकर्ता रुक्मशम्शेर राणाको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली खेलकुदमा लामो समय फरक–फरक संस्थामा नेतृत्व गरेका राणाको ८५ वर्षको उमेरमा निधन भएको थियो ।

– साविक विजेता बार्यन म्युनिखले जर्मन बुण्डेसलिगामा आरबी लाइपजिगमाथि सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्यनले लाइपजिगलाई उसैको मैदानमा ४(१ ले पराजित गरेको हो ।

– रोमेलु लुकाकु चम्केपछि प्रिमियर लिगमा चेल्सीले एस्टन भिल्लालाई ३(० ले पराजित गरेको छ । तेस्रो जितपछि चेल्सीले शीर्ष स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ । शनिबार राति घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको भएको खेलमा चेल्सीका लागि लुकाकुले दुई गोल गर्दा माटियो कोभासिचले एक गोल थपे ।

– नापोलीले इटालियन सिरी ए मा युभेन्ट्समाथि पुनरागमन जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई २-१ गोल ले पराजित गरेको हो ।

– विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अमेरिकी ९यूएस० ओपन टेनिसको फाइनलमा पुगेका छन्। २१औं ग्रान्डस्लाम उपाधिको अभियानमा रहेका सर्बियन स्टार जोकोभिचले अलेक्जेन्डर जुरेभलाई पाँच सेटको भिडन्तमा पाखा लगाउँदै फाइनलमा स्थान बनाएका हुन्।

– एर्लिन ब्राट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा डर्टमण्डले तीन पटक पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै बायर लेभरकुनलाई उसैको मैदानमा ४(३ ले पराजित गरेको हो । डर्टमण्डका लागि युलियन ब्रान्ट र राफेल गुरेइरोले एकरएक गोल गरे ।

– लिम्पिया र गोकर्णेश्वरले प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। लिम्पिया छात्र र गोकर्णेश्वर छात्रामा च्याम्पियन बनेका हुन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*