Tuesday, September 21st, 2021
विदेशमा आज

विदेशमा आज

– जापानका खोपमन्त्री तारो कोनो जापानको आगामी प्रधानमन्त्रीमा बलियो उम्मेदवारको रुपमा देखिएका छन् । एक सार्वजनिक सर्वेक्षणले उनी सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टीको प्रमुख बन्ने बलियो सम्भावना रहेको सर्वेक्षणमा सहभागीले बताएका छन् । जापानको निक्की समाचारपत्रले सार्वजनिक गरेको मतसर्वेक्षणअनुसार २७ प्रतिशतले अब पार्टीको प्रमुखमा कोनो हुनपर्ने बताएका छन् ।

– पेरु माओवादी आन्दोलन ‘साइनिङ पाथ’ का नेता अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा शनिबार बिहान मृत्यु भएको पेरुका न्याय मन्त्री अनिबल टोरेसले जानकारी दिएका छन् ।

– उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ । सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थलनजिकै शनिबार उक्त आक्रमण भएको हो । यसअघि आन्तरिक सुरक्षा बलले भने विमानस्थलनजिकै तीनओटा रकेट आक्रमण भएको बताएको थियो ।

– उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ सहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको छ । दिउँसो करिब ३स्०० बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातका मुख्यमन्त्री विजय रुपाणीले पदबाट राजीनामा दिएका छन् । विधानसभाको चुनावअघि उनले पदबाट राजीनामा दिएका हुन् ।

– तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेका छन् । सालेहको परिवारले समाचार संस्था रोयटर्सलाई सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सूचना दिएको हो ।

– टर्कीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ । मास्क नलगाइ राजधानी स्तानबुलमा गरिएको प्रदर्शनमा दुई हजार बढीले सहभागिता जनाएको समाचार एजेन्सीले जनाएको छ ।

– विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*