Tuesday, September 21st, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– शुक्रबारबाट रिलिज भएको बलिउड चलचित्र ‘थलाइबी’ले हलसम्म दर्शक तान्ने अपेक्षा बलिउड पण्डितहरुको थियो । यो चलचित्रमा नायिका कंगना रनावतको मुख्य भूमिका छ । भारतकी महिला राजनीतिज्ञ जय ललिताको बायोपिकमा आधारित यो चलचित्रले बक्स अफिसमा भने खासै गतिलो ओपनिङ गर्न सकेन । भारतीय मिडियाका अनुसार, यो चलचित्रले हिन्दी भाषामा २० देखि २५ लाखको मात्र कमाई गरेको छ । यस्तै, अन्य ४ भाषामा चलचित्रले ८० लाखको कमाई गरेको छ । पहिलो दिन भारतभर यो चलचित्रले १.२५ करोड कमाई गर्यो ।

– १० जना किशोरीले दुई हप्तामै फिल्म तयार गरेका छन् । किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गर्ल्स गेट इक्वेल’अभियान अन्तर्गत फिल्म मेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले दुई हप्तामा नै फिल्म बनाएका हुन् । एक महिना सिकेकै भरमा उनीहरुले फिल्म बनाएका हुन् । शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका ५ फिल्म प्रदर्शन गरेका थिए ।

– गायक कृष्ण केसीको स्वर तथा शब्द, सुरेश अधिकारीको संगीतमा तयार भएको ‘जाले रुमाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा कृष्ण केसीको निर्देशन छ । मौसम हिमालीको कोरियोग्राफीमा तयार भएको भिडियोमा कलाकारद्धय वुद्दि तामाङ र रिश्मा गुरुङलाई देख्न सकिन्छ ।

– गायिका अरुणा लामाको स्वरमा समावेश ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । यो गीतको रिमेक भर्सनलाई गायिका कविता श्रेष्ठले स्वर दिएकी छिन् । नरेन्द्रराज प्रसाँईको शब्द रहेको यो गीतमा कुन्दन राज सुब्बाको संगीत छ । यमु शर्मा सुब्बाले यो गीतको भिडियोको निर्माण गरेका हुन् । भिडियोमा नायिका शिल्पा पोखरेलको अभिनय छ । साथमा, भिडियोमा यमु शर्मा, आयुष क्षेत्री, कविता श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ ।

– निर्माता सुनिलकुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति भदौ १८ गतेलाई तोकेका थिए । तीज लक्षित चलचित्रको प्रदर्शन मितिले चलचित्र क्षेत्रलाई चलायमान बनाउने अपेक्षा पनि गरिएको थियो । तर, दोश्रो चरणको कोरोना महामारी र सरकारले जारी गरेको निषेधाज्ञाले चलचित्रको प्रदर्शन अस्तव्यस्त बनाइदियो । तर, ४ महिनापछि जिल्ला प्रशासन कार्यलय, काठमाडौंले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खुल्न दिने निर्णय गरेसँगै निर्माताहरु प्रदर्शन मिति तोक्न अघि सरेका छन् । निर्माता सुनिल कुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’लाई चैत्र २५ गते रिलिज गर्ने घोषणा गरेका छन् । निर्माता थापा र निर्देशक झरना थापाले सामाजिक संजालबाट यो चलचित्रको प्रदर्शन मिति तय गरेका हुन् ।

– चलचित्र ‘अस्तित्वको लडाई’को शुभसाइत गरिएको छ । मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भन्ने ठाउँमा चलचित्रको शुभसाइत गरिएको हो । गोबिन्द गौतमले यो चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि गौतमले नै लेखेका हुन् । यो चलचित्रले चेपाङ्ग समुदायको कथा भन्नेछ । चलचित्रको छायांकन तिहारपछि सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले जानकारी दिए । सरिता ढुंगाना निर्माता रहेको यो चलचित्रलाई चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो । यो चलचित्रमा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बाँनियाको मुख्य भूमिका रहने बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*