Tuesday, September 21st, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

– सत्ता गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार थप धकेलिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठक पनि सहमतिमा पुग्न नसकेको हो ।

– एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले संसदीय दलको आइतबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा आफ्ना सांसदहरूलाई संसदभित्र मर्यादित बन्न निर्देशन दिएका छन् । गत शुक्रबार प्रतिनिधिसभामा भएको घटनामा एमाले सांसदहरूले गरेका गतिविधिको आलोचना भइरहेका बेला ओलीले मर्यादाभित्रै बसेर विरोध गर्न निर्देशन दिएका हुन् ।

– प्रदेश–२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने भएको छ । प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत यो धारणा सार्वजनिक गरेका हुन् । प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि गरेका छन् ।

– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अनुरोध गरेको छ । आन्दोलनरत पक्षले उठाएका धेरै मागहरूको सम्बोधन भैसकेको र केही मागहरू अध्ययनकै क्रममा रहेकोले आन्दोलन नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

– नेकपा एकीकृत समाजवादी पाल्पाको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) चयन भएका छन् । नेकपा एकीकृत समाजवादीले शनिबार गरेको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

– विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् ।

– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौतालाई सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निचोड निकालेका छन् । एमसीसी सम्झौताका सम्बन्धमा राजनीतिक दलहरूबीच नै एक मत नदेखिएपछि प्रधानमन्त्री देउवा नहतारिने निष्कर्षमा पुगेका हुन् ।

– एमाले नेता विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले वित्तीय अनुशासनमा रहेर गरेका काम वर्तमान सरकारले भत्काउने काम गरेको आरोप लगाएका छन् । सरकार सस्तो लोकप्रियताका लागि अगाडि बढेको उनको भनाइ छ ।

– वन तथा वातावरणमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा मन्त्रालयले सर्वोच्च अदालतको आदेशविपरीत अन्नपूर्ण संरक्षण क्षेत्रमा बनाउन लागिएका दुईवटा केबलकार आयोजनाको ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) सहमति प्रक्रियासम्बन्धी फाइल मन्त्रिपरिषद्मा लैजान कसरत थालेको छ ।

– संघीय संसदका सभामुख अग्नी सापकोटाले नेकपा एमाले विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । आइतबार संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसद अवरुद्ध जारी रहने बताएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*