Tuesday, September 21st, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– गुल्मीमा तीन वर्षकी बालिक मृत भेटिएकी छिन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर-२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ले बताए।

– खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा झापाको अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षकका अनुसार शनिबार साँझ रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई आगलागी भएको हो ।

– स्याङ्जाको पुतलीबजारमा जिपको ठक्करले एक बालकको मृत्यु भएको छ । शनिबार बेलुका ५ बजे पुतलीबजार नगरपालिका–१० राङ्खोला समताटोल भित्री सडकमा जिपले ठक्कर दिँदा ६ वर्षका आयोन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

– मानव वेचबिखनको आरोपमा सिराहाबाट दुई महिला पक्राउ परेका छन् । दुई युवतीलाई भारततर्फ लग्ने क्रममा उनीहरुलाई सिरहाको नरहा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बेंगरीकी २८ बर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ बाखैरकी ३५ बर्षीया उषा देवी मलाह रहेको प्रहरीले जनाएको छ ।

– सशस्त्र प्रहरीले राजस्व छलीको समान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१७ अलौंस्थित आईसीपी रोडबाट ट्रक नियन्त्रणमा लिएको हो । बिल विजकमाभन्दा फरक भन्सार छलीको सामान ट्रकमा रहेको सूचना पाएसँगै ट्रक नियन्त्रणमा लिएको हो ।

– बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुखले जानकारी दिए ।

– विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशिला गाउँपालिका-१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस-७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

– बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । भारतमा नोट बनाउने र नेपालमा कारोबार गर्ने काममा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बाराको निजगढबाट चार जना र रौतहटको चन्द्रनिगाहपुरबाट एक जना नक्कली र सक्कली नोटसहित पक्राउ परेका हुन् ।

– दाङमा तीजको नाच हेर्ने गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ७ मा तीजको नाच हेर्न गएकी १७ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको हो। ती किशोरी २३ गते बुधबार राती तीजको नाच हेरेर फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा तीन जनाको समुहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपिले जानकारी दिए।

– सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोप लागेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । लोकबहादुरले हत्या गरेको स्वीकार गरेका सङ्खुवासभा प्रहरीले जनाएको छ । गएको आइतवार राति स्थानीय बौदमान कार्की परिवारका पार्वती कार्की, तेजबहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, दिपेन कार्की र गोमा कार्कीको हत्यामा भएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*