Tuesday, September 21st, 2021
खेलकुद

खेलकुद

– विश्व नम्बर वान नोभाक जोकोभिचलाई पराजित गर्दै रुसका डानिल मेडभेडेभले यूएस ओपनको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा मेडभेडेभले जोकोभिचलाई सोझो सेटमा हराए ।

– मोहम्मद सलाहले इंग्लिस माथिल्लो डिभिजनमा गरेको सयौं गोलमा लिभरपुलले लिड्समाथि आइतबार ३–० को शानदार जित निलेको छ । यस जितसँगै प्रिमियर लिग उपाधि होडमा लिभरपुलले आफूलाई कायम राखेको छ ।

– करिम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार सेल्टा भिगोलाई ५–२ ले हराएको छ । रियलले ५ सय ६० दिनपछि पहिलोपल्ट आफ्नो घरेलु मैदान बर्नाबाउमा खेलेको हो ।

– छनोट प्रतियोगितामा क्षेत्रीय च्याम्पियन बन्दै फाइनल प्रतियोगिताका लागि छानिएको लुम्बिनी फुटसलले आसन्न ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटसलका लागि आफ्नो तयारी तीव्र पारेको छ । लुम्बिनीले असोज २ देखि २२ सम्म पोखरामा आयोजना हुने प्रतियोगिताका लागि राजधानीमै बसेर तयारी गरिरहेको छ ।

– दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल गोलरहित बनेको छ । एएफसी एसियन कप २०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । जसमा दुवै टिम गोलविहीन भएका हुन् ।

– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि सुरु हुँदैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिउँसो सवा ४ बजे अमेरिकासँग खेल्ने छ । यसअघि पपुवा न्युगिनीसँग भएका दुवै खेल जितेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*