Tuesday, September 21st, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– चाडपर्वको मौका छोपी बजारमा हुने ठगी रोक्न सरकारले काठमाडौं उपत्यकामा संयुक्त बजार अनुगमन गर्ने भएको छ । वाणिज्य विभागको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नापतौल तथा नेपाल गुणस्तर विभाग सम्मिलित संयुक्त टोलीबाट अनुगमन सुरु गर्न लागिएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए ।

– नाडा एसोसिएसन अफ नेपालले सरकारले ल्याएको चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयक सकारात्मक रहेको बताएको छ । नाडाले प्रतिस्थापन विधेयकमार्फत सरकारले नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिने स्पष्ट निर्णय गर्नु स्वागतयोग्य रहेको बताएको छ ।

– कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाह एवम् एकीकृत जाँच चौकी (आईसीपी)को वातावरणीय प्रभाव मूल्यांकन अध्ययन शुरु भएको छ । मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन क्षेत्रमा प्रस्तावित करिब २८० बिगाहा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइन लगायतका लागि आवश्यक भौतिक संरचना निर्माण हुने क्षेत्रको वातावरणीय अध्ययन शुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

– इजरायलको रोजगारीका लागि भाषा परीक्षा सोमबार हुने भएको छ। भाषा परीक्षाका लागि ११ वटा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित र मर्यादित गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको छ। इजरायलले एक हजार कामदार लैजाने तयारी गरेको छ। तर रोस्टरमा १ हजार ४ सय जनाको सूची राखिनेछ।

– सातदोबाटोमा रहेको सेल्सबेरी सुपरमार्केटले चिनीको तौलमा उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ । आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा सुपरमार्केटले उपभोक्तालाई कम तौलको प्याकेजिङको चिनी बिक्री गर्ने गरेको भेटिएको विभागका प्रवक्ताले जानकारी दिए ।

– र्वोच्च अदालतले पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विज्ञका रूपमा नियुक्त गरेका सहदेव बोगटीको पद बदर गरिदिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले बोगटीलाई आयल निगमको विज्ञमा अयोग्य ठहर गर्दै नियुक्ति बदर गरिदिएको हो । योग्यता नभएको व्यक्तिलाई विज्ञका रूपमा नियुक्त गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले निगमलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।

– संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी०सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको कार्यान्वयन शुरु भएको छ । परियोजना अन्तर्गत आइतबारबाट काठमाडौंका विभिन्न स्थानमा एकैसाथ काम शुरु भएको हो ।

– गोर्खाज फाइनान्सले व्यक्तिले निक्षेप राखेको रकम रोक्का गरेर खोलामा परेको जग्गा किन्न दबाब दिने गरेको पाइएको छ। विराटनगरको महालक्ष्मी नारायण रियलस्टेट प्रालिका प्रमुख आनन्दमोहन झाले फाइनान्सको इटहरी शाखामा निक्षेप राखेको ५१ लाख रुपैयाँ ८ महिनादेखि जबर्जस्ती रोकेर खोलामा परेको जग्गा किन्न दबाब दिने गरेको गुनासो गरे।

– कोरोना माहामारीका कारण होटल बन्द हुँदा जीविकोपार्जनमा कष्ट व्यहोरिरहेका काठमाडौं उपत्यकाका होटल मजदूरलाई राहतस्वरुप ५५ लाख रुपैयाँ वितरण गरिने भएको छ । होटलमा काम गरिरहेका ५८ सय हाराहारी मजदूर तथा कर्मचारीलाई लक्षित गर्दै पर्यटकीय सम्पदा, स्थल, उद्यान, पर्यटकीय मार्ग, ऐतिहासिक महत्वका स्थलहरु सफाई गराएर होटल श्रमिकलाई ५५ लाख रुपैयाँ वितरण गर्न लागिएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*