Tuesday, September 21st, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा आइतबार राति बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । राजमार्गको छेउबाटै बाघले ती व्यक्तिलाई झम्टिएर लगेको स्थानीयले भनाइ छ । मृत्यु हुने भारतीय नागरिक हुन् ।

– विभिन्न कम्पनीमा जागिर लगाइदिने नाममा संस्था नै खोलेर ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । पीजी रियल स्टेट एण्ड जब लिंक नामक संस्थाका सञ्चालक स्याङ्जाको फेदीखोला–४ घर भई पोखराको तालचोकमा बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको हो । पौडेलमाथि करिब ४ हजार ५ सय जनाबाट १ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ ।

– दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । राप्ती गाउँपालिका–८ पिपरी का १८ वर्षका आशिष चौधरीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

– आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–४ बागडोलका ४२ वर्षीय सरल रानालाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बागडोलबाट पक्राउ गरेको हो ।

– वीरगन्जमा प्रहरीको हिरासतमा रहेका एक अभियुक्त फरार भएका छन् । लागुऔषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सोनार आइतबार बिहान फरार भएका हुन् ।

– सशस्त्र प्रहरीले नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका-१६ रानीबाट लगभग १९ लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार दुईवटा काटुनमा लुकाएर झाडीमा फ्यालेको अवस्थामा औषधि बरामद गरिएको हो ।

– नारायणी अस्पतालबाट भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–३ का १४ वर्षीय किशोरलाई भन्सार क्षेत्रबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

– हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहाँका सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनु परेको छ ।

– चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुईनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ का २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका-३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*