Tuesday, September 21st, 2021
खेलकुद

खेलकुद

– ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

– एभरटनले सोमबार बर्नलीलाई ३–१ ले हराएर इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । यससँगै टोली शीर्ष स्थानमा अंक बराबरी गर्न पनि सफल रह्यो । गुडसन पार्कमा भएको खेलमा बेन मीले बर्नलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

– स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिस र इल्चे विजयी भएका छन् । रियल बेटिसले ग्रानाडालाई उसैको मैदानमा २-१ गोलले हरायो । अर्को खेलमा इल्चेले गेटाफेमाथि १-० गोलको कठिन जित निकाल्यो । जारी सिजन दुवै टिमको यो पहिलो जित हो ।

– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ ।

– एभरटनले प्रिमियर लिगमा बर्नलीमाथि पुनरागमन जितसहित अपराजित यात्रा कायम राखेको छ । सोमबार राति भएको लिगको एक मात्र खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभरटनले बर्नलीलाई ३–१ ले पराजित गरेको हो ।

– सञ्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण जितेका छन्। फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्षमुनिको उमेर समूहअन्तर्गत स्पोर्ट्स र ट्रेडिसनल पुम्सेमा दुई स्वर्ण जितेका हुन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*