Tuesday, September 21st, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– आफ्ना पिताको नियन्त्रणबाट मुक्त भएलगतै विश्व चर्चित पप गायिका ब्रिट्नी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार, ३९ वर्षकी ब्रिट्नीले आफ्ना प्रेमी सैम असघरीसँग इन्गेजमेन्ट गरेकी हुन् । गायिकाले आइतबार सामाजिक संजालमा इन्गेजमेन्टको औठी देखाउँदै एक भिडियो पोष्ट गरेकी छिन् । उनका प्रेमी सैम इरानका हुन् । उनी २७ वर्षका छन् ।

– मोडल उषा उप्रेतीको व्यस्तता म्युजिक भिडियोमा खुबै छ । टिकटकबाट चर्चामा आएकी उषा अहिले नेपालका सफल निर्देशकसँग काम गरिरहेकी छिन् । मोडल उषाले दिपेश जंग थापासँग जोडी बाँधेर काम गरेको ‘चट्ट माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नविन रावल र रचना रिमालको स्वर, मिलन विष्टको शब्द, नविनकै संगीत रहेको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

– तीज सकिएसँगै कलाकारहरु दशैं तिहार गीतको तयारीमा लागेका छन् । कलाकारहरु दशैं तिहार गीतको रेकर्डिङ र छायाँकनमा व्यस्त बन्न थालेका हुन् । केही सिमित कलाकारहरुले भने दशैं तिहार गीत सार्वजनिक समेत गरिसकेका छन् । गायक राजु परियारले दशैं तिहार गीत सार्वजनिक गरिसकेका छन् । सोमबार बिहान मात्रै उनी र मेनुका परियारको स्वरमा ‘भिषा लायो टिकटै आयो’बोलको गीत सार्वजनिक भएको छ । यता निर्देशक शंकर बिसीको निर्देशन र अभिनय रहेको दशैं तिहार गीत ‘दशैंको टिका तिहारको माला’ सार्वजनिक हुने तयारीमा छ । यो गीत शंकरले केही साता अगाडि नै छायाँकन गरेका हुन् । अहिले भने शंकर अमेरिका पुगिसकेका छन् । विगत १२ वर्षदेखि निरन्तर रुपमा दशैं तिहार गीत ल्याउँदै आएका गायक विष्णु खत्रीले यसवर्ष पनि निरन्तरता दिँदैछन् । उनी यतिबेला दशैं तिहार गीत ल्याउने तयारीमा जुटेका छन् । परदेशीको कथामा केन्द्रीत गीत आफू र पूर्णकला बिसीको स्वरमा रेकर्ड भैसकेको उनले बताए ।

– ‘चिना टिप्पन’बोलको गीतमा तेरिया मगरले अभिनय गर्ने भएकी छन्। पहिलो पटक म्यूजिक भिडियोमा डेब्यू गर्दै गरेका निर्माताद्वय दिनेश दर्शनधारी तथा यशोदा राईका पुत्र देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग तेरिया मगरले अभिनय गर्न लागेकी हुन्। गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको ‘चिना टिप्पन’बोलको गीतमा तेरियासँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अभिनय गर्ने छिन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*