Tuesday, September 21st, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदमा जारी नाराबाजी मानवीय आवेग भएको र त्यो विस्तारै कम हुँदै जाने बताएका छन् । अध्यक्ष नेपालले एमालेलाई प्रतिनिधि सभाप्रति पूर्वाग्रह नराख्न र लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न पनि अनुरोध गरे ।

– गैर–आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले राजनीतिक दवावमा परराष्ट्र मन्त्रालयले एनआरएनको निर्वाचन प्रक्रिया रोक्न पत्र पठाएको बताएका छन् । उनले यसविरुद्व अदालत जाने चेतावानी समेत दिएका छन् । एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएको थियो ।

– कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको वडा अधिवेशन विवादमा परेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी डडेलधुराको वडा अधिवेशनलाई नमान्ने चेतावनी दिएको छ ।

– संसद्को अवरोध हटाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठक प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले बहिष्कार गरेको छ । प्रतिनिधिसभाका लगातार तीन बैठक अवरुद्ध भएपछि बोलाइएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि अवरोध हटाउने सुत्र फेला परेन ।

– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० राष्ट्रिय सहमति कायम गरी अनुमोदन गर्नु उपयुक्त हुने बताएका छन् । सोमबार गृहजिल्ला आएका भट्टराईले पत्रकारसँगको कुराकानीमा राष्ट्रियताका प्रश्नलाई गिजोल्न नहुने बताए ।

– १४औं महाधिवेशन प्रक्रिया सुरु भएसँगै नेपाली कांग्रेसमा धु्रविकरण बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवामाथि पार्टी अधिवेशनमा सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । र, महाधिवेशन निष्पक्ष ढंगमा हुनेमा आशंका गरेको छ ।

– नेकपा एकीकृत समाजवादीले प्रदेश २ मा संगठन निर्माणलाई तीव्रता दिने भएको छ । पार्टीको प्रदेश संगठन कमिटीको सोमबार धनुषामा बसेको बैठकले संगठनको कामलाई तीव्रता दिने निर्णय गरेको हो । अबको १० दिनभित्र वडा र जिल्ला कमिटी बनाउने निर्णय भएको एकीकृत समाजवादी प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए ।

– नेकपा एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।

– प्रधामन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन् । भारतमा मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लु पुगेका हुन् ।

– सत्तारूढ माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राष्ट्रियताको रक्षार्थ विद्यार्थी आन्दोलनले वर्दी विनाको सेनाको रुपमा काम गर्नुपर्ने बताएका छन् । बस्नेतले विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुने बताए ।

– प्रहरी प्रधान कार्यालयलले एसपी विनोद घिमिरेलाई रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ । पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखिदिएर फसाउन खोजेको घटनामा मुछिएपछि एसपी सिद्धिविक्रम शाह काठमाडौं तानिएका थिए । उनी काठमाडौं तानेपछि रौतहट प्रहरीको कमाण्ड डिएसपी नारायण चिमोरियाले सम्हाल्दै आएका थिए ।

– सर्वोच्च अदालतका न्यायाधीश हरि फूयालको एकल इजलासबाट जारी भएको अन्तरिम आदेश बदरको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् । उनले विधिशास्त्र र कानूनको आधारभूत मूल्य मान्यता पालना नगरी जारी भएको आदेश बदरको माग गरेका छन् ।

– प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमालेले अवरोध गरे पनि विधेयक पास गर्ने सत्तारुढ दलको तयारी छ । एमालेको अवरोधकैबीच सरकारले प्रतिस्थापन विधेयकमार्फत गएको शुक्रवार नयाँ बजेट ल्याएको थियो।

– राष्ट्रपति विद्यादेवी भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सबैको जिम्मेवारी भएको बताएकी छन्। राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले कानुनी प्रावधानको कार्यान्वयन गर्नु राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको बताएकी हुन्।

– मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई आज (मंगलबार) एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइने भएको छ। उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइने भएको हो। आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम उनले गर्नेछिन्।

– नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज सोमवार बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।

– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा सोमवार काठमाण्डौमा प्रदर्शन गरेको छ । नेता विप्लवले एसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबीसमेत गर्नुभयो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*