Tuesday, September 21st, 2021
खेलकुद

खेलकुद

– युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ । रोबर्टो लेवान्डोस्कीले दुई गोल गरेपछि समूह ‘ई’ अन्तर्गत खेलमा बायर्नले बार्सिलोनालाई ३–० ले पराजित गरेको हो ।

– यूईएफए च्याम्पियन्स लिग २०२१(२२ को सिजनको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पराजित भएको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा युनाइटेडलले एक गोलको अग्रता लिएर पनि जोगाउन सकेन । आरोन बिसाकाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको युनाइटेडमाथि स्वीस क्लब योङ ब्वाइजले २-१ को पुनरागमन जित हात पारेको हो ।

– ओमानले आईसीसी विश्वकप लिग २ क्रिकेटमा मंगलबार नेपाललाई सजिलै ५ विकेटले पराजित गरेको छ । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमै २ सय रन बनाउँदै पूरा गरेको हो ।

– श्रीलंकाली तीव्र गतिका बलर लासिथ मालिंगाले सबै प्रकारको क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । मालिंगाको नेतृत्वमा श्रीलंकाले सन् २०१४ को टी–२० विश्वकप जितेको थियो । यसअघि नै मालिंगाले एक दिवसीय र टेष्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।

– इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् । समूह एचअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १-० ले हरायो ।

– यूईएफए च्याम्पियन्स लिग २०२१–२२ सिजन अन्तर्गत सेभिया र साल्जवर्गको एउटै खेलमा चार पेनाल्टी प्रहार भयो । समूह जी अन्तर्गत भएको उक्त खेलमा रेफ्रीले पहिलो हाफमै चार पेनाल्टी प्रदान गरेका थिए । १–१ को बराबरीमा सकिएको खेलमा साल्जवर्गले ३ र सेभियाले एक पेनाल्टीको अवसर पाएको थियो ।

– च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले विजयी सुरुवात गरेको छ । साविक विजेता चेल्सीले जेनिथ सेन्ट पिटरवर्गसलाई एक शून्यले हराएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*