Tuesday, September 21st, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर(घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

– नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारको सीमा बढाएको छ। डिजिटाइजेसनल कारोबारलाई प्रोत्साहन गर्दै सीमा बढाएको हो। केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन– २०७८ मार्फत यस्तो कारोबारको सीमा बढाएको हो। वालेटमार्फत प्रतिकारोबार अधिकतम ५० हजारसम्मको सीमा बढाइएको छ।

– बैंक तथा वित्तीय संस्थाले आउँदो असोज १ देखि लागू हुने गरी ब्याजदर बढाउने तयारी थालेका छन् । अपेक्षित रूपमा निक्षेप बढ्न नसकेको तर कर्जा प्रवाह बढिरहेकाले नयाँ बचत आकर्षित गर्न र पुरानोलाई टिकाइराख्न पनि ब्याजदर बढाउनुको विकल्प नभएको बैंकरहरूले बताएका छन् । गत आर्थिक वर्षको अन्तिम दुई महिनादेखि वित्तीय प्रणालीमा तरलता सहज छैन ।

– नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।

– नेपालमा ठूला चाडपर्व दशैं, तिहार र छठ पर्व नजिकिएको छ । यो बेलामा बजारमा दैनिक उपभोग्य सामग्रीको अत्यधिक किनबेच हुन्छ । यही मौकामा व्यापारीबाट उपभोक्ता ठगिन सक्ने भन्दै उपभोक्ता अधिकारकर्मीले सचेत हुन आग्रह गरेका छन् । बढी भिड हुने समयमा वस्तुको मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ता अधिक ठगिने गरेको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् । चाडबाडको समयमा किनमेल गर्दा सचेत हुन अधिकारकर्मी सुझाव दिन्छन् ।

– नेपाल र बंगलादेशबीच विद्युत् व्यापार तथा आदानप्रदानका लागि डेडिकेटेड प्रसारण लाइन बनाउन सहमति भएको छ । मंगलबार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति ९जोइन्ट स्टेयरिङ कमिटी० बैठकले दीर्घकालीन रूपमा विद्युत् व्यापार गर्न डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने र त्यसका लागि भारतलाई समेत राखेर त्रिपक्षीय रूपमा छलफल गर्ने सहमति गरेको हो ।

– प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ । तर, संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । यसले गर्दा आजदेखि चालू आर्थिक वर्षका लागि विनियोजित बजेट निष्क्रिय हुने भएको छ । यो अवस्थामा सरकारले राजस्व मात्र उठाउन सक्छ तर खर्च गर्न भने पाउने छैन ।

– पोखराका विभिन्न पसलमा म्याद गुज्रेको र लेबलिङबिनै दैनिक उपभोग्य सामग्री बिक्रीमा राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको नियमित अनुगमनका क्रममा सबैभन्दा बढी मसलाजन्य पदार्थमा म्याद गुज्रेर पनि बिक्रीमा राखेको पाइएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता मञ्च लगायत संस्थाले मंगलबार संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।

– दसैं नजिकिँदै गएपछि अग्रिम टिकट बुकिङ खुलाउनेबारे सरकारी निकाय र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ । यही भदौ २१ मा प्रधानमन्त्री कार्यालयमा दसैंका लागि अग्रिम टिकट खुलाउनेबारे छलफल गरिएको थियो ।

– अब बैंक खाताबाट वालेटमा प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ । राष्ट्र बैंक भुक्तानी विभागले जारी गरेको एकीकृत निर्देशन २०७८ मार्फत राष्ट्र बैंकले उक्त कारोबार सीमा बढाएको हो ।

– यति एयरलायन्सका ५ वटा बेलायती जेटस्ट्रीम टर्बोप्रोप जहाज खरिद गरेर आन्तरिक बजारमा ७ वर्षपछि फर्केको गुण एअरलायन्सले शुक्रबारदेखि काठमाडौंबाट उडान पुनस् सुरु गर्ने भएको छ । गुणका प्रवक्ता प्रज्वल थापाका अनुसार, पहिलो चरणमा काठमाडौंबाट पोखरा र भरतपुर उडान हुने छ । यी सेक्टरमा उसले १९ सिट क्षमताका बिचक्राफ्ट १९००–सी जहाजबाट सेवा दिने छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*