Tuesday, September 21st, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– चलचित्र क्षेत्रको हालको अवस्थाको बारेमा जानकारी दिदै चलचित्रकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रको समस्याको बारेमा जानकारी दिदै सहयोग गरिदिन आग्रह गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको टोलीले प्रचण्डलाई विभिन्न माग राख्दै ज्ञापनपत्र समेत वुझाएको थियो ।

– एमसिसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन)को बहसमा सिंगै नेपाल प्रवेश गरेको छ । अमेरिकाले दिन लागेको यो अनुदान लिन हुन्छ या हुँदैन भन्ने बिषयमा नेपालीहरुको आ आफ्नै धारणा छ । यो विषयमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि आफ्ना धारणा सामाजिक संजालबाट दिने कोशिश गरेका छन् । नायक हमालले एक भिडियो सार्वजनिक गर्दै जनता यसको विरुद्धमा छन् भने यो लागू गर्न नहुने तर्क पेश गरेका छन् । तर, हमालले स्पष्ट रुपमा एमसिसी के कारणले लिन हुन्छ र के कारणले लिन हुँदैन भन्ने प्रष्ट पारेका छैनन् । हमालले सार्वजनिक गरेको भिडियोमा उनले अमेरिकाको बिषयमा बढी कुरा गरेको देख्न सकिन्छ । उनले, अमेरिकाको बिग्रदो छविका कारण पनि एमसिसीको बिषयमा आशंका पैदा भएको उल्लेख गरेका छन् । नायक राजेश हमालपछि उनकै समकालिन नायिका करिश्मा मानन्धरले पनि एमसिसीको विरोध गरेकी छिन् ।

– हलिउड सुन्दरी किम कार्दशियन फेसनका कारण सधै चर्चामा रहन्छिन् । किम अहिले आफ्नो बोल्ड फोटोसुटका कारण चर्चामा रहन्छिन् भने कहिले फरक शैलीको फेसनका कारण उनको चर्चा हुने गर्दछ । उनै, किमले ‘मेट गाला २०२१’ मा पुग्दा लगाएको पहिरनले यतिबेला बहस पैदा गरेको छ । न्यूयोर्क सिटीमा किम आफ्नो पुरै शरीर ढाकेर पुगेकी थिइन् । अनुहारमा समेत उनले ढाकेकी थिइन् । किमले कालो छालाको जिप अप फेस मास्क लगाएकी थिइन् । सोही रंगको ट्रेन्च कोट, पाइन्ट, पन्जा र स्टिलेटो जुत्ता समेत उनले लगाएकी थिइन् । किमको यो पहिरनको डिजाइन फेसन डिजाइनर डेम्ना ग्वासलियाले गरेका हुन् ।

– नायिका करिना कपुरले अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’को लागि १२ करोड पारिश्रमिक माग गरेपछि यसले बजार गर्मायो । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि छलफललाई अगाडि बढाएको छ । यो चलचित्र ‘रामायण’को कथामा केन्द्रित रहेर निर्माण हुँदैछ, जसमा करिनालाई सीताको भूमिकाका लागि अफर गरिएको थियो । महंगो पारिश्रमिकबारे करिनाले केही बर्ष अगाडिसम्म पुरुष र महिला कलाकारविच पारिश्रमिकमा देखिएको भिन्नताको बिषयमा कसैले पनि आवाज उठाएको पाइदैनथ्यो । तर, अहिले परिस्थिती बदलिएको छ । यो बिषयमा बहस हुन थालेको र मेकर्सलाई आफूल के चाहन्छु भन्ने कुरा पहिले नै स्पष्ट पार्नुपर्ने र यो महिलाहरु प्रतिको सम्मानको बिषय भएको पनि बताएकी छिन् ।

– प्रशासनले उपत्यकाका हल खोल्न अनुमती दिएसँगै अब चलचित्र प्रदर्शक तथा निर्माताहरु चलचित्र रिलिजको छलफलमा जुटेका छन् । करिब डेढ बर्षदेखि रिलिज हुन नसकेका चलचित्र रोकेर राख्न भन्दा पनि रिलिज गरेर नयाँ बाटोमा लाग्ने सोच निर्माताको छ । यसका लागि दशैंमा ‘म यस्तो गीत गाउँछु २’, तिहारमा ‘चपली हाइट ३’ रिलिजका लागि प्रदर्शक र निर्माताविच छलफल जारी छ । चलचित्र ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमारले आफूले जोखिम मोल्न लागेको भन्दै सबैलाई साथ दिन आग्रह गरिसकेका छन् । लगानी मात्र सुरक्षित हुने अवस्था सिर्जना भएको खण्डमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने मुडमा यसका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्मा छन् । तर, निर्माताहरु भने हलबाट मिनिमम ग्यारेन्टी ९एमजी० पाउनुपर्ने माग गरिरहेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*