Tuesday, September 21st, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– आज देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान महाशाखाको छ । भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

– कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु भएको छ । पूूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुुर नगरपालिका-५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्युु भएको प्रहरीले जनाएको छ ।

– पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुखले बताए । उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।

– दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ । उनको शव मंगलबार विहान विद्यालय प्रांगणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपीले जानकारी दिए ।

– नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो ।

– हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका-४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका-७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मङ्गलबार फेला परेको हो ।

– भारतीय अवैध नोटसहित पर्सामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मा रहेका छन् । वीरगञ्जन महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियमित चेकजाँचका क्रममा एक लाख ४८ हजार ५०० भारतीय नोटसहित शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

– प्रहरीले जग्गा जग्गा बिक्रीको नाममा ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका ३२ बस्दै आएका रुसिल कटुवाल रहेका छन् ।

– बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-३ कैलालीका ३२ वर्षीया जसमिन झा रहेकी छिन् ।

– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावारी नगरपालिका–१० ताखेल बस्ने २४ वर्षीय विजय तामाङ्ग र सोही गाउँपालिका ११ चारघरे बस्ने २६ वर्षीय रविन्द्र तामाङ रहेका छन् ।

– भाउजूको हत्या अभियोगमा सप्तरीको राजविराज नगरपालिकाका साह दम्पतीलाई जन्मकैदको सजाय भएको छ। राजविराज–१५ मुसहर्नीयाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या आरोपमा मृतकका देवर मुर्जा भनिने पञ्चदेव साह र निजकी श्रीमति प्रमीलादेबीलाई जन्मकैदको सजाय भएको अदालतले जनाएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*