Tuesday, September 21st, 2021
भिटामीनहरुको भण्डार मेवा

भिटामीनहरुको भण्डार मेवा

फलफूलहरु मध्ये मेवालाई पनि गुणहरुको खानी भन्न सकिन्छ । मेवा पेटका लागि निकै फाइदाजनक हुन्छ । यसमा पेप्सिन भन्ने तत्व पाइन्छ । जसले खानेकुरा पचाउन मद्दत गर्छ । दिनहुँ मेवाको सेवनले पाचन शक्तिमा वृद्धि हुन्छ । एउटा नयाँ अध्ययन अनुसार थाहा हुन आएको छ कि मेवामा निहित एन्टी क्यान्सर तत्व जस्तै भिटामीन ‘सी’, बीटा केरोटीन र भिटामीन ‘ई’ ले बे्रस्ट क्यान्सरको कोशिका बन्नबाट रोक्छ ।

मेवामा प्रशस्त एन्टी अक्सीडेन्ट तत्व पाइन्छ । यसमा लाइकोपीन तत्व पनि पर्याप्त मात्रामा पाइन्छ । एउटा अनुसन्धान अनुसार जुन पुरुषले बढी भन्दा बढी लाइकोपीन युक्त खानेकुरा को सेवन गर्छन् । तिनमा प्रोस्टेट क्यान्सरको संभावना ८२% कम हुन्छ । ग्रीन टीमा पनि शक्तिसाली एन्टी क्यान्सर तत्व पाइन्छ । जब ग्रीन टी लाइकोपीन युक्त खानेकुरा सँग सेवन गरिन्छ, त्यसबेला यसको प्रभाव दुई गुणा बढी हुन्छ । मेवाका यस्ता अनगिन्ति गुणहरु छन्, जसका बारेमा हामी अन्जान छौ ।

– मेवा खानाले हड्डि बलियो हुन्छ र जोर्नीहरु दुख्ने समस्या कम हुन्छ । यसमा प्रोटीन, फाइबर र आइरन पनि पाइन्छ, जसले कमजोरी हटाउँछ ।

– मेवामा पाइने एन्टी अक्सिडेन्टले शरीरमा कोलस्ट्रोल जम्न दिदैन । जसबाट मुटु सँग सम्बन्धित रोगको खतरा कम हुन्छ । यसमा पाइने फाइबरले कोलस्ट्रोललाई रगतमा नियंत्रण गरेर राख्छ ।

– मेवाको रसमा पपाइन भन्ने तत्व पाइन्छ । जसले खानेकुरा पचाउन मद्दत गर्छ । जुन व्यक्तिलाई सँधै कब्जियतको समस्या हुन्छ । उनीहरुले दिनहुँ मेवा सेवन गर्दा फाइदा हुन्छ ।

– यसमा प्रशस्त मात्रामा भिटामीन बी पाइन्छ । जसबाट शरीरमा फोलिक एसिड भिटामीन बी६ र रिबोफ्लाबिनको कमि हुँदैन ।

– मेवामा भिटामीन ‘ए’ पर्याप्त मात्रामा पाइन्छ । यसकारण यो आँखाका लागि पनि निकै फाइदाजनक छ । यसको सेवनले आँखाको ज्योति बढ्छ । यसबाहेक यसमा क्याल्शियम र पोटाशियम पनि प्रशस्त मात्रामा पाइन्छ ।

– पाकेको मेवाको गुदी अनुहारमा लगाउँदा डण्डीफोर र चायाँबाट फाइदा हुन्छ । यसबाट अनुहारको रुखोपना हट्छ र छाला कसिलो हुन्छ । पाकेको मेवाले चाउरीपना हटाउँछ । साथै अनुहारको दाग धब्बा पनि कम गर्छ ।

– वैज्ञानिकहरुले पता लगाएका छन् कि मेवाको पातको रस डेंगु रोगको उपचारमा सहयोगी हुन्छ ।

– ब्रिटिश जर्नल अफ न्यूट्रिशनका अनुसार गर्भावस्थामा काँचो मेवा खानु हानिकारक हुन्छ किनकी मेवामा लिसलिसे पदार्थमा पेप्सिन पाइन्छ । जसले पाठेघरमा संचुकचन पैदा गर्छ । जसका कारण गर्भ तुहिने खतरा हुन्छ । यसमा पाइने लेटेक्स तत्वका कारण केही महिलाहरुलाई एलर्जी हुन सक्छ ।

पोषक तत्वको मात्र १०० ग्राम पाकेको मेवामा

३९ किलोकेल क्यालोरी, ५.९० ग्राम चीनी, ९.८१ ग्राम कार्बोहाइड्रेट, १.८ ग्राम फाइबर, ०.१४ ग्राम बोसो, ०.६१ ग्राम प्रोटीन, २४ मिग्रा क्याल्शियम, ०.१० मिग्रा आइरन, १० मिग्रा म्याग्नेशियम, ३ मिग्रा सोडियम र २५७ मिग्रा पोटाशियम पाइन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*