Tuesday, September 21st, 2021
डार्क सर्कल हटाउने घरेलु उपाय

डार्क सर्कल हटाउने घरेलु उपाय

पुरुष तथा महिलाहरुको आँखा मुनि देखिने कालो दागले उनीहरुको सुन्दरता र स्मार्टनेसलाई कम गर्छ । यस्ता कालो दागहरु अस्वस्थ जीवनशैलीले गर्दा देखा पर्ने गर्छ । धेरै काम गर्दा, तनाव, निन्द्रा नपुग्दा तथा अन्य केही कारणहरुले गर्दा डार्क सर्कल देखा पर्छ । यस्ता डार्क सर्कललाई घरेलु उपायद्धारा हटाउन सकिन्छ ।

काँक्राः डार्क सर्कल हटाउन काँक्रा निकै उपयोगी हुन्छ । काँक्रा एउटा राम्रो क्लिन्जर हो । यसले आँखाको डार्क सर्कल हटाउँछ । काँक्राको स्लाइस काटेर आँखाामा राख्नु पर्छ । यस्तो प्रक्रिया दिनमा दुई पटक अपनाउँदा दस दिन भित्र डार्क सर्कल हट्नेछ ।

पानीः यदि डार्क सर्कलको समस्या छ भने प्रशस्त पानी पिउनुहोस् । प्रशस्त मात्रामा पानी पीउनु औषधी भन्दा फाइदाजनक हुन्छ । यो एउटा साधारण घरेलु उपाय हो । जसले कालो दाग हटाउँछ । पानी पीउदा स्कीन हाइड्रेट हुन्छ र डार्क सर्कल हुन पाउँदैन ।

निन्द्राः लामो समय सम्म निन्द्रा पुरा नहुनाले पनि आँखा मुनि कालो घेरा बस्न पूग्छ । यदि निन्द्रा धेरै दिन देखि पुगेको छैन भने राम्रो सँग सुत्ने प्रयास गर्नुपर्छ । जसबाट पूर्ण रुपमा आँखालाई आराम पूग्छ । डार्क सर्कल आफै ठीक हुनेछ । आँखा मूनिको डार्क सर्कलले मानिसको निन्द्रा नपुगेको जनाउँछ ।

टी ब्यागः टी ब्याग प्रयोग गरेर पनि डार्क सर्कल हटाउन सकिन्छ । बिहान प्रयोग गरी सकेको टी ब्यागलाई फ्रीजमा राख्नुहोस् । फुर्सदको बेलामा टी ब्याग फ्रीजबाट निकाली कोठाको सामान्य तापक्रममा राख्नुहोस् । त्यसपछि आँखामा राख्नुहोस् । यसबाट आँखालाई आराम पुग्नेछ र कालो घेरा कम हुनेछ ।

गोलभेडाः गोलभेडामा यस्तो गुण हुन्छ, जसले छालाको गहिरो रंगलाई हल्का बनाउँछ र अनुहारको रंग निखार्छ । एक चम्चा गोल भेडाको पेस्ट र कागतीको रस केही थोपा मिसाई मिश्रण तयार गर्नुहोस् । उक्त मिश्रणलाई आँखाको मूनि डार्क सर्कलमा लगाउनुहोस् । त्यसलाई दस मीनेट त्यतिकै छा्ड्नुहोस् र पछि चीसो पानीले पखाल्नुहोस् । यस उपायले पनि डार्क सर्कल हटनेछ ।

बदामः बदामको तेल अनेक प्राकृतिक गुणहरुले युक्त हुन्छ । यसले आँखाको वरिपरिको छालालाई फाइदा पु¥याउँछ । बदामको तेलको नियमित प्रयोगले छालाको रंग हल्का हुन्छ । त्यसैले आँखा वरिपरि बदामको तेल लगाउँदा डार्क सर्कल हट्छ । राति बदामको तेल आँखामूनि अलिकति लगाई हलुका हातले मसाज गर्नुपर्छ । मसाज गरेर त्यतिकै छोड्नु पर्छ । बिहान उठेर चीसो पानीले धुनुपर्छ । बदामको
तेलको सट्टा ओलिव ओइल पनि प्रयोग गर्न सकिन्छ वा दुवै तेलहरुलाई मिसाएर पनि गर्न सकिन्छ । यसबाट पनि राम्रो परिणाम पाउन सकिनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*