Thursday, October 28th, 2021
खेलकुद

खेलकुद

– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई तीन विकेटले पराजित गरेको छ । यसजितपछि १३ खेलबाट २० अंक जोड्दै दिल्ली शीर्ष स्थानमा समेत उक्लेको छ । दुबईमा सोमबार राति भएको खेलमा चेन्नाइले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

– चितवन टाइगर्सको पहिलो हार र काठमाडौं किंग्स इलेभेनमाथि पोखरा राइनोजको विजयसँगै बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायर समीकरण रोचक बनेको छ । पहिलो ४ खेल जितेर क्वालिफायरमा सुरक्षित भइसकेको चितवनलाई सोमबार भैरहवा ग्लाडियटर्सले ६ विकेटले पराजित गरेको थियो ।

– साफ च्याम्पियनसिप २०२१ मा नेपालले सोमबार राति श्रीलंकामाथि ३–२ को सनसनीपूर्ण जित निकालेपछि प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो लागि अर्को जित र तीन अंक नै ठूलो भएको बताएका छन् । नेपालको लगातार दोस्रो जितपछि छ अंक भएको छ र पाँच टिम सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ ।

– एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । कीर्तिपुर मैदानमा अहिले बिहान साढे ९ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडीयटर्स खेल्दैछन् । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौलाई प्ले अफमा पुग्न आज जित्नैपर्ने दबाब छ ।

– माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा भारत र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भारतले शुरुवाती अग्रता लिएपनि १० खेलाडीमा समेटिएको बंगलादेशले बराबरी गोल फर्काउँदै अंक बाँडेको हो ।

– पूर्वफिफा रेफ्री लव खत्रीको ५० वर्षको उमेरमा सोमबार निधन भएको छ । सोमबार बिहान वाथरुममा लडेपछि उपचारका लागि नख्खुस्थित मेडिसिटी हस्पिटल पुर्याइएपछि उनको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

– नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने चाहना रहेको बताएका छन् । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिपमा सोमबार राति श्रीलंकालाई ३–२ ले पराजित गर्दा गोल गरेका अन्जनले खेलपछि यस्तो चाहना व्यक्त गरेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*