Thursday, October 28th, 2021
विदेशमा आज

विदेशमा आज

– म्यानमारकी नेत्री आङ सान सुचीका वकिलले उनी बारम्बार अदालत धाउनु परेका कारण थकित बनेको बताएका छन् । ७६ वर्षीया नेत्री सुची गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि लगाएका दर्जनजति मुद्दामा बारम्बार अदालत धाउँदैआएकी छन् ।

– साहिन आँधी र बाढीका कारण ओमानमा १२ जनाको मृत्यु भएपछि छिमेकी यूएई र साउदी अरेबियामा सावधानी अपनाइएको छ । यूएईका अधिकारीहरुले सम्भावित क्षतिका लागि पूर्वतयारी गर्न पनि नागरिकहरुलाई आग्रह गरेका छन् ।

– शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेकोमा अमेरिका र लेबनानका वैज्ञानिकद्वयले २०२१ को नोबेल जितेका हुन् । डेभिड अमेरिकी नागरिक हुन् भने अर्डेम लेबनानका नागरिक हुन् ।

– इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो । विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । बस्तीको दुई तले घरमा विमान परेको थियो । घरमाथि जहाज खस्दा त्यहाँ रहेका आठ जनाको ज्यान गएको हो ।

– उत्तर र दक्षिण कोरियाबीच सूचना आदानप्रदानको लागि हटलाइन पुनः शुरु भएको छ । पछिल्लो केही महिनायता बन्द भएको हटलाइन पुनः शुरु भएको हो । यसअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूले दक्षिण कोरियासँगको हटलाइन पुनः शुरु गर्न चाहेको बताएका थिए । यद्यपि हटलाइन शुरु गर्ने विषय दक्षिण कोरियाको व्यवहारमा निर्भर रहने उनको भनाइ थियो ।

– फुमिओ किशिडा आधिकारिकरुपमा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । पूर्व प्रधानमन्त्री योसिहिडे सुगाले बनेको एक वर्षमा आफ्नो पदबाट राजीनामा दिएसँगै उनको स्थानमा किशिडा प्रधानमन्त्री बनेका हुन् । यसअघि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको आन्तरिक निर्वाचनमा किशिडालाई मुख्य नेताको रुपमा चयन गरिएको थियो ।

– भारतको उत्तर प्रदेशमा दुई मन्त्रीहरुको भ्रमणको विषयलाई लिएर भड्किएको हिंसामा चार किसानसहित आठजनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अुनसार आइतबार लखिमपुर खेरी जिल्लामा सहायक मुख्यमन्त्री र केन्द्रीय मन्त्रीको भ्रमणको विरोधमा भएको प्रदर्शनमा हिंसा हुँदा उनीहरुको मृत्यु भएको हो ।

– भुटानको चेमगाङ केन्द्रीय जेलमा आजीवन कैद सजाय भोगिरहेका राजनीतिक बन्दीहरुको अवस्थालाई लिएर ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) ले गम्भीर चासो व्यक्त गरेको छ । जेलमा उत्पन्न भएको तनाव र त्यसपछिको अवस्थामा त्यहाँ रहेका ३५ जनाभन्दा धेरै राजनीतिक बन्दीको सुरक्षा जोखिममा परेको भन्दै जीसीआरपीपीबीले चासो व्यक्त गरेको हो । जीसीआरपीपीबीले प्रेस विज्ञप्ति निकालेर जेलमा भएको घटनाप्रति आफ्ना ध्यानाकर्षण भएको जनाएको छ ।

– इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । इटलीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा रहेका आठै जनाको ज्यान गएको छ । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो ।

– अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल९आईसीआईजे० ले विश्वका नेता, राजनीतिज्ञ र अर्बपतिका गोप्य धन र लेनदेनको खुलासा गरेको छ । विगतमा पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स सार्वजनिक गरेको आईसीआईजेले यसपटकको रिपोर्टिङलाई ‘प्यान्डोरा पेपर्स’ भन्ने नाम दिएको छ । र, यसलाई ‘अफसोर लगानी’ तर्फ ‘हालसम्मकै सबैभन्दा ठूलो खुलासा’ भनिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*