Thursday, October 28th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरीच आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएको हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका वस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ ।

– न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो । बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

– मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनससँगै शेयरधनीहरुलाई कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ ।

– भारततर्फको वाल्मीकि नगर भन्सार भारत सरकारले नखोलेका कारण त्रिवेणी भन्सार खुले पनि नाका ठप्प छ । वाल्मीकि नगर भन्सारले सोमबार बिहानबाट पैदल आउजाउ गर्न दिए पनि गाडी चल्न दिएको छैन । गाडी र सामान आउजाउमा रोक लगाइएकाले त्रिवेणी नाका ठप्प बनेको हो ।

– अहिले नेपाल विद्युत प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित सबै विद्युत बिक्री गर्न सकेको छैन । यसबाट प्राधिकरणले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँको आम्दानी गुमाइरहेको छ । देशभित्र खपत हुन नसकेको बिजुली निर्यात गर्ने योजनाअनुसार ६ महिनाअघि नेपालले गरेको प्रस्तावमा भारत अझै अनिर्णित छ । नेपाल भारतमा प्रतिस्पर्धी मोलमा खरिद–बिक्री हुने ‘ऊर्जा एक्सचेन्ज बजार’को सदस्य भने भइसकेको छ ।

– चाडपर्वको बेला बजारमा हुन सक्ने कालोबजारी लगायत गैरकानूनी कामको अनुगमन गर्न हिँडेको ललितपुर प्रशासनको टोलीले मापदण्ड पालना नगरेका र उपभोक्ताको हित विपरीत व्यवसाय गरेका १९ व्यवसायीलाई कारबाही गरेको छ । जिल्ला बजार अनुगमन समितिले असोज ७ गतेदेखि १७ गतेसम्म गरेको अनुगमनको क्रममा मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई १ लाख ३५ हजार ५ सय रुपैयाँ जरिवाना तिराइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

– बैंकिङ, रेमिट्यान्स, सूचना प्रविधि, अटोमोबाइल इन्सोरेन्स, डिजिटल फाइनान्स, पर्यटन र उर्जा लगायतका व्यापार व्यवसायका क्षेत्रमा नेपालमा अग्रपंक्तिमा रहेको आइएमई समूह करिव डेढ दशक वर्षअघि ‘अटो’ बजारमा प्रवेश गर्यो । ‘आइएमई मोटर्स’ यो अवधिमा नै अटो बजारको अग्रपंक्तिमा आउने नाम बन्न पुगेको छ । कम्पनीले अहिलेसम्म प्राप्त गरेको सफलतालाई ‘जग’का रुपमा लिएर थप बजार र सेवा फैल्याउन प्रयत्नरत छ ।

– केही दिनयता सेयर बजार घटिरहेकोप्रति नेपाल उद्योग वाणिज्य महासंघले चासो देखाएको छ । पुँजीबजारको विद्यमान अवस्थाबारे आफ्नो ध्यानाकर्षण भएको महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

– लघुवित्तको ब्याज घटाउने तयारी भएको छ। लघुवित्तबाट गरिबी निवारण र उद्यमशीलता बढ्न नसकेपछि सरकारले ब्याजदर घटाउने तयारी गरेको छ। लघुवित्तको ब्याज घटाउन अर्थ मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ। अर्थमन्त्री जनार्दन शर्माले लघुवित्तको ब्याज घटाउन निर्देशन दिएका छन्। गरिबसँग प्रत्यक्ष पुग्ने लघुवित्तले नै चर्को ब्याज लिएसँगै गरिबी निवारण हुन सकेको छैन। लघुवित्तले मनपरी ब्याज लिन थालेपछि नेपाल राष्ट्र बैंकले लघुवित्तको सीमा १५ प्रतिशत बनाएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*