Thursday, October 28th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे । नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन् । तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ । नवराजका अनुसार, बुढासुब्बा ओर्जिनलले ७ वटा चलचित्र बनाउनेछ । जसमा एउटा प्रोजेक्ट ‘रत्नपार्क’ पनि हो ।

– शनिबार मध्यरातमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइको एक क्रुज पार्टीमा छापा मारेको छ । छापा मार्ने क्रममा क्रुजमा बलिउड नायक साहरुख खानका छोरा आर्यन खानसहित विभिन्न धनाढ्य परिवारका व्यक्तिहरु थिए । एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, आर्यन खानसँग यो बिषयमा सोधपुछ चलिरहेको छ । हिरासतमा लिएका व्यक्तिहरुमा आर्यन खान, अरबाज मर्चेन्ट, मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त चोकर र गोमित चोपडा छन् । एनसीबीले यो घटनामा बलिउड तथा केही धनाढ्यहरुको समेत कनेक्शन भएपनि कानुन अनुसार निष्पक्ष छानबिन गर्ने बताएको छ । मुम्बइको ड्रग कन्ट्रोल स्कार्डले शनिबार मध्यरातमा अप्रेशन सुरु गरेको थियो । समुन्द्रको बीचमा एक क्रुजमा ड्रग पार्टी चलिरहेको सूचना पाएपछि एनसीबीले छापा मारेको हो ।

– नेपाली चलचित्रकी हट केक नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा काम गरेको १६ लाखसम्म पारिश्रमिक वुझेकी साम्राज्ञीले म्युजिक भिडियोमा काम गर्न खासै रुची देखाइनन् । तर, उनले निषेधाज्ञापछि भने ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको एक भिडियोमा काम गरिन् । उनले अभिनय गरेको भिडियो असोज २० गते काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी गरिएको छ । भिडियोेलाई माइकल चन्दले निर्देशन गरेका हुन् । योे म्युजिक भिडियोका लागि साम्राज्ञीले निक्कै महंगो पारिश्रमिक वुझेकी छिन् । श्रोतका अनुसार, साम्राज्ञीले ४ लाख हारहारीको पारिश्रमिक वुझेकी छिन् । यस्तै, साम्राज्ञीले आफूलाई अफर आउने भिडियोमा गीत राम्रो हुनुपर्ने र ४ देखि ५ लाख पारिश्रमिक दिनुपर्ने बताउन थालेकी छिन् । पारिश्रमिक चित्तवुझ्दो र गीत राम्रो आएको खण्डमा मात्र काम गर्ने सोचमा साम्राज्ञी रहेकी छिन् ।

– सजल न्यौपानको संगीत र स्वरमा ‘सोधन’ बोलको गीत काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । गीतका शब्द एल।आर राणाले लेखेकी हुन् । यो गीतको भिडियोलाई अनुप चापागाँइले निर्देशन गरेका हुन् । लभ रोमान्टिक गीतको भिडियोमा गायक तथा संगीतकार सजल र मोडल श्रेया सिटौला रोमान्टिक अवतारमा देखिएका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

– गायिका रानी शाक्यले ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोमा नायिका पुजा शर्मा र नायक पुष्प खड्काले अभिनय गरेका छन् । पुष्प र पुजाको म्युजिक भिडियोमा यो पहिलो सहकार्य पनि हो । ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन छ ।

– नायिका तथा मोडल आँचल शर्मा र गायक तथा मोडल प्रकाश सपुतले एक अर्कासँग म्युजिक भिडियोमा सहकार्य गरिरहेका छन् । प्रकाश र
आँचलको जोडीलाई दर्शकले रुचाएका पनि छन् । प्रकाशले नै निर्देशन गरेको ‘कुरा वुझ्न पर्च’ बोलको गीतमा आँचलले अभिनय गरेकी थिइन् । उनै, आँचलसँग फेरि प्रकाशले ‘बेरुवाको औंठी’ बोेलको गीतमा कम्मर मर्काएका छन् । युवा यूवतीविचको प्रेम र आकर्षण यो भिडियोमा हेर्न सकिन्छ । दीपक शर्माको शब्द तथा संगीत रहेको भिडियोमा लोक पौडेल र मेलिना राइको स्वर छ ।

– साहरुखका छोरा आर्यन खानलाई एनसीबीले शनिबार मध्यरातमा ड्रग्सको मुद्दामा क्रुज पार्टीबाट हिरासतमा लिएको छ । आर्यन हिरासतमा परेसँगै नायक साहरुख खान र उनको परिवार तनावमा छ । यसैविच, साहरुखको परिवारलाई साथ दिन नायक सलमान खान मध्यरातमा मन्नत पुगेका छन् । सलमान आइतबार राती मन्नत पुगेको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ । ‘बीग बोस’को छायांकनमा व्यस्त सलमान साहरुखलाई भेट्न मन्नत पुगका हुन् । आर्यनको आइतबार मेडिकल जाँच गरेपछि अदालतमा उपस्थित गराइएको थियो । अदालतले आर्यन लगायत पक्राउ परेका ८ जनालाई १ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*