Thursday, October 28th, 2021
खेलकुद

खेलकुद

– पेरिस सेन्ट जर्मेनका केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए । यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन । रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ ।

– कोरोना भाइरस महामारीका कारण स्थगित भएको ‘कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप’ कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता पुस ६ देखि ९ सम्म हुने भएको छ । यसअघि जेठमा तोकिए पनि महामारीको कारण स्थगित गरिएको थियो ।

– निमिशा ढकाल र शुभाङ्गीलक्ष्मी शाह दोस्रो जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यू–१६ गर्ल्सतर्फ क्वाटरफाइनल पुगेका छन् । टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा मंगलबार निमिशाले कृषा अधिकारीलाई ६–१, ६–३ र शुभाङ्गीले आध्या पौडेललाई ७–६, ६–२ को सोझो सेटमा हराए ।

– धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा धनगढी क्रिकेट एकेडेमीले अर्जुन ट्रफी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न लागेको हो । धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी कात्तिक २५ देखि प्रतियोगिता गरिने जानकारी दिइएको छ ।

– जापानी टेनिस स्टार नाओमी ओसाका सन् २०१८ पछि पहिलो पटक शीर्ष १० बाट बाहिरिएकी छन्। पछिल्ला केही प्रतियोगिता नखेल्नुका साथै केही प्रतियोगिता बिचैमा छाडेपछि ओसाका शीर्ष १० बाट बाहिरिएकी हुन्। उनी अहिले महिला टेनिस खेलाडीको विश्व वरीयतामा १२औं स्थानमा छिन्। पछिल्लो समय उनी विश्व वरीयतामा दोस्रो स्थानमा थिइन्।

– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ । शारजाहमा मङ्गलवार राति भएको खेलमा राजस्थान रोयल्सले दिएको ९१ रनको लक्ष्य मुम्बई इन्डियन्सले ८ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेट्टायो । मुम्बईका इशान किशनले अविजित ५० रन जोड्दै अर्धशतकीय पारी खेले । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले एक–एक विकेट लिए ।

– एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज बुधवार दुई खेल हुँदैछन् । आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ । क्वालिफायरमा कीर्तिपुर मैदानमा चितवन टाइगर्स र पोखरा राइनोज बिहान साढे ९ बजे खेल्दैछन् । यस्तै आज हुने एलिमिनेटरमा काठमाण्डौ किङ्स इलाभेन र भैरहवा ग्लाडियटर्स दिउँसो साढे १ बजे खेल्दैछन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*