Thursday, October 28th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– नायक पुष्प खड्का गायक शिव परियारको स्वरमा समावेश ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोेलको गीतमा डान्सिङ मुडमा देखिदैछन् । इम्प्रेसन्स इन्टरटेन्मेन्टले निर्माण गरेको यो गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । भिडियोेमा पुष्पकोे साथमा टिकटकबाट चर्चामा आएका अञ्जली लुइटेल र आलिया अधिकारीको नृत्य हेर्न सकिन्छ ।

– अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको उपाधि दार्जिलिङका अनिल राईले जितेका छन् । फस्ट रनरअप लुम्बिनीका निश्चल अर्याल र सेकेण्ड रनरअप काठमाडौंका सुलव भट्टराई बनेका छन् । त्यस्तै थर्ड रनरअप झापाका मनिष आचार्य भएका छन् भने फोर्थ रनरअप ललितपुरका महेश खनाल बनेका छन् । जसमध्ये उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ जितेका छन् । यस्तै, फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअपले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

– गायक समिर आचार्य दर्शक नचाउने गीत सार्वजनिक गर्न माहिर छन् । ‘घाममा सुकाइदेउ, पिच रोड’ लगायतका गीत सार्वजनिक गरिसकेका समिरले गायिका स्वस्तिमा ढकालसँग मिलेर ‘चकलेटी स्याँउ’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएका छन् । दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् ।

– तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ आयोजना गरिएको छ । ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ सोमबार चन्द्रागिरी हिल्स रिसोर्टमा ३५ वटा रेगुलर विधासँगै जुरी अवार्ड तथा पत्रकारिता पुरस्कार वितरण गरिएको हो । जसमा उत्कृष्ट भिडियो निर्देशकको अवार्ड ‘नबोली नबोली’ गीतबाट बिधान कार्कीले पाए भने पपुलर मोडल पुरुषको अवार्ड ‘फुलबुट्टे सारी’बाट पल शाहले पाउँदा पपुलर मोडल महिलाको अवार्ड ‘जेल पनि सहुँला’बाट लक्ष्मी बर्देवाले हात पारिन् । उत्कृष्ट मोडल आधुनिक पुरषतर्फको अवार्ड ‘बहुला २’ बाट दुर्गेश थापाले हात पारे । उत्कृष्ट मोडल आधुनिक महिलाको अवार्ड ‘पुरानो घाउ’बाट पूजा शर्माले हात पारिन् भने पपुलर सिङ्गर पुरुषको अवार्ड ‘फुटेका चुरा’बाट प्रकाश सपूतले हात पारे । त्यस्तै पपुलर सिङ्गर महिलाको अवार्ड ‘फुलबुट्टे सारी’बाट मिलन नेवारले हात पारिन् ।

– चलचित्र ‘उचाई’को छायांकनका लागि नेपाल आएका बलिउडका सफल कलाकार अनुपम खेरले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् । पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको र पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस भएको बताएका छन् । यो चलचित्रको छायांकनका लागि अनुपमको साथमा बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकार नेपाल आएका छन् । ४० दिनको सेड्यूल लिएर यो चलचित्रको टिम नेपाल आएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*