Thursday, October 28th, 2021
खेलकुद

खेलकुद

– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाएपछि हैदरावादले रोमाञ्चक जित हात पारेको हो ।

– फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ ।

– सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार नेपाल बक्सिङ संघले अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडी घोषणा गरेको हो । खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त छनोटको आ–आफ्नो ५ तौलसमूहमा पहिलो भएका पाँच खेलाडीमध्येबाट चार खेलाडी छनोट गरिएको हो ।

– घरेलु टोली स्पोर्ट्स क्यासलले धरानको राइजिङ क्लबमाथि ८–६ गोलको जितसाथ ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको फाइनल तय गरेको छ । पहिलो क्वालिफायरमा पराजित भए पनि राइजिङले फाइनल पुग्नका लागि काठमाडौंको शंखमूल फुटसलसँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ । बुधबारै इलिमिनेटर खेलमा शंखमूलले अर्को स्थानीय टोली सविन मेमोरियललाई हराएको थियो ।

– देव्रेहाते स्पिनरद्वय सागर ढकाल र साहब आलमको सानदार बलिङमा चितवन टाइगर्स बुधबार बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल पुगेको छ । चितवनले पोखरा राइनोजलाई क्वालिफायरमा ९ विकेटले सजिलै पराजित गरी पहिलोपल्ट ईपीएलको फाइनल पुगेको हो ।

– भैरहवा ग्लाडियटर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटरमा काठमाडौं किंग्स ११ लाई १६ रनले पराजित गरेको छ । १ सय ८९ रनको लक्ष्य लिएर आएको काठमाडौं किंग्सले ८ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो ।

– चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन पहिलोपटक इपिएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको समान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

– एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

– विश्व क्रिकेट परिषद आईसीसीले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । उत्कृष्ट तीन खेलाडीको सूचीको मनोनयमा नेपालका सन्दीप लामिछाने, अमेरिकाका जसकरण मलहोत्रा र बंगलादेशका नसुम अहमद रहेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*