Thursday, October 28th, 2021
खेलकुद

खेलकुद

– फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई ३-१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।

– तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा हुने चिफ अफ आर्मी स्टाफ ९सीओएएस० ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायकमा छनोट भएका छन् । उक्त प्रतियोगिता कात्तिक १८ देखि २३ सम्म हुनेछ । फ्रान्समा कात्तिक २६ देखि २८ सम्म हुने फ्रेन्च इकोपेन विश्व वरीयता खुला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा पनि उनी छनोट भएका छन् ।

– ड्रागन उसु क्वानले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको ट्रफी जितेको छ । बिहीबार ड्रागन ७ स्वर्ण, २ रजत र १ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।

– प्रकाश पराजुली र कुमार पन्तको जोडी दोस्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार क्वाटरफाइनल पुगेको छ । गोठाटारस्थित बिष्टगाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११, २१–१५ को सोझो सेटमा हरायो ।

– भारतीय एक कम्पनीलाई आयोजना जिम्मेवारी दिएर विवादास्पद बनेको नेपाल प्रिमियर लिग (एनपीएल) ट्वान्टी–२० क्रिकेटलाई नेपाल क्रिकेट संघ (क्यान) ले रद्द गर्दै खारेजी प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।

– आफ्नो राष्ट्रिय दिवसका दिन माल्दिभ्सले साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशलाई बिहीबार राति २–० ले हराएर प्रतियोगितामा पुनर्आगमन गरेको छ । माल्दिभ्स आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भएको थियो र बंगलादेशविरुद्धको खेल पनि गुमाएको भए, प्रतियोगिताबाट बाहिरिने अवस्थामा हुने थियो ।

– भैरहवा ग्लाडियटर्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पोखरा राइनोज बजाज पल्सर एभरेस्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटको फाइनलमा पुगेको छ । पोखराले बिहीबार क्वालिफायर १ मा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरी पहिलो पटक ईपीएल फाइनल पुगेको हो ।

– इटालीको अपराजित विश्व कीर्तिमानलाई ३७ खेलमा रोक्दै स्पेन सान सिएरोमा भएको सनसनीपूर्ण खेलमा २–१ को जित रच्दै नेसन्स लिगको फाइनल पुगेको छ ।

– साविक विजेता तथा घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप–२०२१ मा पहिलो जित हात पारेको छ । राउण्ड रोविन अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई २(० ले पराजित गरेको हो । मालेस्थित नेशनल स्टेडियममा बिहीबार राति भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन हाम्जा मोहमेद र अलि अस्फाकले गोल गरे ।

– शिभम मावी र लकी फर्गुसनले उत्कृष्ट बलिङ गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२१ मा राजस्थान रोयल्सलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । शारजहाँमा कोलकाताले दिएको १७२ रनको लक्ष्य पछ्याएको राजस्थानले १६।१ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । कोलकाताको जितमा मावीले ४ तथा फर्गुसनले ३ विकेट लिए ।

– नेपाल क्रिकेट संघ (क्यान) को कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्ल बनेका छन् । बुधबार र बिहीबार काठमाडौंमा बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले रिक्त सचिव पदमा केन्द्रीय सदस्य मल्ललाई जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*