Thursday, October 28th, 2021
विदेशमा आज

विदेशमा आज

– जापानको उत्तरपश्चिम क्षेत्र चिबा प्रान्तस्थित ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । जापानी अधिकारीहरुका अनुसार उक्त भूकम्पको धक्का ८० किलोमिटर गहिराइसम्म ६.१ म्याग्निच्यूड मापन गरिएको हो ।

– बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची ९रेड लिस्ट० बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ ।

– रुसले अफगानिस्तानको मुद्दाबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्ने जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि जमिर कबुलोभले आगामी अक्टोबर २० मा उक्त छलफल गर्ने जानकारी दिएका हुन् ।

– अस्ट्रेलिया सरकारले करिब २ वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा नाका नोभेम्बरदेखि खुला गर्ने भएको छ । सीमा नाका खुला गर्ने निर्णयसँगै २० महिनादेखि अस्ट्रेलिया प्रवेशमा लगाइएको बन्देज र पछिल्लो समयमा अस्ट्रेलिया आगमनमा लगाइएको कोटा समेत हट्नेछ ।

– यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् । बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

– अमेरिकाले चीन र ताइवानबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो ।

– अमेरिकाको टेक्सास राज्यमा एक न्यायाधीशले गर्भपतनविरुद्धको कानुन कार्यान्वयनमा आंशिक रोक लगाएका छन् । टेक्सासमा गर्भपतनविरुद्धको कानुनको व्यापक विरोध भएसँगै न्यायाधीश रोबर्ट पिटमनले यो कानुन कार्यान्वयनमा तत्कालको लागि रोक लगाउन बाइडन प्रशासनले गरेको आग्रहलाई अनुमति दिएको हो ।

– अमेरिकामा फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको छ । खोप निर्माता कम्पनी फाइजरले आफूले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि उत्पादन गरेको खोप प्रभावकारी रहेको दाबी गर्दै आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन ९एफडीए०सँग अनुमति मागेको हो ।

– अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपले स्विकृति पाएको छ । धेरै वर्षको प्रयासपछि तयार पारिएको यो खोपको स्वीकृतिसँगै अफ्रिकी देशका बालबालिकाले घातक रोग मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

– भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि मंगलबार पनि श्रीनगरमा तीन जनाको हत्या भएको थियो ।

– मेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सि जिनपिङबीच भर्चुअल बैठक हुने भएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार सन् २०२१ को अन्तिमसम्ममा उनीहरुबीच बैठक हुनेछ । चीन र अमेरिकाबीचको तनाव कम गर्दै कूटनीतिक सम्बन्ध अघि बढाउन दुई मुलुकका प्रमुखबीच बैठक हुन लागेको हो।

– भारतले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप पुर्याउन सुरु गरेको छ । भारतको सरकारका वरिष्ठ वैज्ञानिक समिरान पान्डाले अहिले भारतले मुलुकको उत्तर–पूर्वमा रहेको पर्वतीय क्षेत्रमा कोरोना खोप पुर्याउन ड्रोनको प्रयोग गरिरहेको बताएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*