Thursday, October 28th, 2021

राजनीतिमा आज

– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटर छलफल गरेका छन् । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न शीतल निवास पुगेका देउवाले राष्ट्रपति भण्डारीसँग ुवान टु वानु संवाद गरेका हुन् ।

– नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण हुने बताएका छन् । समाजवादीबाट मन्त्रीको आकांक्षीसमेत रहेका चौधरीले सो धारणा सार्वजनिक गरेका हुन् । चौधरीले भनेका छन्– दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडिको लागि मन्त्री पद गौण विषय बन्न जान्छ ।

– सत्ता गठबन्धनका चार दलका शीर्ष नेताले मन्त्रालय भागबण्डाको टुङ्गो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकले यस अघि भएको मन्त्रालय बाँडफाँटमा हेरफेर गर्दै सहमति गरेको हो । सहमति अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ४र४ मन्त्रालय पाएका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकरएक राज्य मन्त्री पनि पाउने सहमति भएको छ ।

– काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दशैंलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो ।

– नेकपा एकीकृत समाजवादीले पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहाहदुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने प्रस्ताव छ ।

– एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले माग पूरा नभएसम्म संसद अवरोध गरिरहेन बताएका छन्। सभामुख अग्नी सापकोटाले संविधान तथा ऐन नियम विपरित काम गरेकाले माफी मागी गल्ति नसच्याएसम्म संसद अवरोध कायमै रहने उनले बताए । शुक्रबार दिउँसो १ बजे बस्दैछ।

– नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेजसहितको टोलीलाई सुरक्षाकर्मीले कोरला नाका जान रोकेका छन्। कोरला नाका जान लागेको राजदूतसहितको टोलीलाई नेचुङ भन्सारमा रहेका सुरक्षाकर्मीले रोक लगाएका हुन्।

– प्रदेश १ सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् ।

– सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाउने भएको छ । यसअघि रात्रिकालीन व्यवसाय सञ्चालनका लागि समय तोकिएको भए पनि व्यवसायीले ‘प्रहरीसँगको अनौपचारिक समन्वय’ मा सञ्चालन गर्दै आएका थिए । होटलररेस्टुराँ, डान्सरदोहोरीरक्लब, लाउन्जबारलगायत व्यापार तथा पर्यटनसँग जोडिएका सबै किसिमका रात्रि व्यवसाय चौबीसै घण्टा निर्बाध सञ्चालन गर्न दिने गरी गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी अध्ययन एवं मापदण्ड निर्धारण गर्न सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेका छन् ।

– नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन् । उनी ६०५ मतसहित जिल्ला सभापति चुनिएका हुन् । उनका प्रतिस्पर्धी कविराज पण्डितले ५६६ मत पाएका छन् ।

– सरकारले विधेयक फिर्ता लिने भएको छ। शुक्रबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची छ। प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

– कोरोना महामारीका कारण अभिभावक गुमाएर शिक्षाको अवसरबाट बञ्चित हुन पुगेका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने भएका छन् । राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा ती बालकालिकालाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो । काँग्रेस नेता एवं सांसद गगनकुमार थापा, डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, सिन्धुपाल्चोक जिल्लालाई प्रमुख कर्मथलो बनाएर शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डाले अभियानको नेतृत्व गरेका छन् । अभियानलाई ‘भरोसा छात्रवृत्ति अभियान’ नाम दिइएको छ । अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिनेछ ।

– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण देखिएको छ। तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएको हो ।

– जनता समाजवादी पार्टीका नेताहरूले मन्त्रिपरिषद्का न्यायालय प्रमुखलाई ठाउँ दिन नहुने बताएका छन् । कार्यकारिणी समितिको बैठकमा नेताहरूले त्यसरी मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशको कोटा दिन थालिए लोकतन्त्रिक व्यवस्था नै धरापमा पर्ने भन्दै शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*