Thursday, October 28th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।

– कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले डडेल्धुराको अजयमेरु गाउँपालिका–४ की ३४ वर्षीया आशा बिष्टलाई पक्राउ गरेको हो । धनगढी उपमहानरपालिका–१३ राजपुरमा कोठा लिएर बस्ने बिष्टलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुखले जानकारी दिए ।

– श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

– कृष्णनगर नगरपालिकाका विभिन्न ६ वडामा झाडापखाला तथा बान्ताको प्रकोप फैलिएको छ। असोज १८ बेलुकीदेखि नगरपालिकाका वडा नं ३, ४, ७, ८, ९ र १२ झाडापखाला तथा बान्ताबाट प्रभावित भएको हो। बिरामीहरु स्थानीय शिवराज अस्पतालमा उपचारको लागि आएका छन्।

– प्रहरीले श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका(४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राई रहेका छन् । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा शुसिलाको मृत्यु भएको हो।

– पानीमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–६ का २६ वर्षीय गुरुप्रसाद चौधरीको शुक्रबार बिहान डुबेर मृत्यु भएको हो ।

– कोशी गाउँपालिका–७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । साथै अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पंचायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मिँयालाई प्रहरीले पक्राउ गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*