Thursday, October 28th, 2021
खेलकुद

खेलकुद

– कमलसिंह ऐरीको सानदार बलिङ र भीम सार्कीको अर्धशतकमा चितवन टाइगर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलो पटक ईपीएल उपाधि जितेको हो । चितवनले शनिबार फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराएको थियो । आकर्षक ट्रफीसहित विजेता चितवनले ५० लाख रुपैयाँ पुरस्कार जितेको छ । पोखराले उपविजेता हुँदा १५ लाख रुपैयाँ पुरस्कार पाए ।

– माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९:४५ बजे सुरु हुनेछ ।

– विश्वकप २०२२ छनोटको बाटोमा रहेका जर्मनीले थोमस मुलरले अन्त्यतिर गोल गरेपछि शुक्रबार रोमानियालाई २–१ ले हरायो भने नेदरल्यान्ड्सले लात्भियामाथि १–० को जित निकाल्यो ।

– धनगढीमा आयोजित प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । फाइनल खेलमा शनिबार डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । उपाधिसँगै डोटीले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँसहित ट्रफी पाएको छ । डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ ।

– नेपाल प्रहरीका सन्तोषनाथ योगी शनिबार बिहान राइनो क्लबले नारायणगढमा आयोजना गरेको पाँच किलोमिटर दौड प्रतियोगिताको विजेता भएका छन् । देवघाटदेखि सुरु भएर नारायणगढ लिलाचोकमा टुङ्गिएको दौड योगीले १५ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए । नेपाली सेनाको कालीबहादुर गणका आशिष गुरुङ १६ मिनेट १० सेकेन्डमा सो दुरी पार गरेर उपविजेता भए ।

– सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा डेनमार्कले लगातार सातौं जित हात पारेको छ । समूह एफ अन्तर्गत गएराति भएको खेलमा मोल्डोभोलाई ४-० ले पराजित गर्दै डेनमार्कले शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ । गएराति भएको समूह आई को खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५-० ले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा पाँच फरक गोलकर्ता रहे । बेन चिलवेलले १७औं, बुकायो साकाले ४०औं, टमी एब्राहिमले ५९औं,जेम्स वार्ड प्रोवसले ७९ र ज्याक ग्रेलिसले ८६औं मिनेटमा गोल गरे ।

– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण दसैंपछि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको बोर्ड बैठकले आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने आईसीसी महिला टीट्वेन्टी विश्वकपअन्तर्गत एसियाली छनोटका लागि महिला टोलीको बन्द प्रशिक्षण कार्तिक ३ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*