Monday, November 29th, 2021
विदेशमा आज

विदेशमा आज

– बुल्गेरियामा एउटा बसमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान पश्चिमी बुल्गेरियामा गुडिरहेको बसमा आगलागी भएको हो । मृत्यु हुनेहरूमा अधिकांश नर्थ म्यासेडोनियाका पर्यटक रहेको अधिकारीले बताएका छन् ।

– भारतको मध्यप्रदेशमा समाजिक सञ्जालमा भाइरल बन्न दुई युवा रेलवे ट्र्याकमा भिडियो बनाउने क्रममा एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रहरीका अनुसार पथरौटा थानामा एक युवाले तीव्र गतिमा आइरहेका ट्रेन छेउँमा उभिएर भिडियो बाइरहेका थिए। सोही क्रममा ती युवकको टाउको ट्रेन छोएको बताइएको छ। उनलाई तत्कालै अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। उक्त भिडियो समाजिक सञ्जालमासमेत भाइरल बनेको छ। प्रहरीले त्यस्ता ठाउँमा भिडियो बनाउनेहरुलाई निगरानीमा राख्न थालेको बताइएको छ।

– सुडानको प्रधानमन्त्रीमा पुनर्बहाली भएका अब्दुल्ला हामदोकले योग्य व्यक्ति सम्मिलित सरकार गठन गर्ने वाचा गरेका छन् । सेनाको सत्तापलटपछि अपदस्थ गरिएका तर पदमा भर्खरै पुनर्बहाली भएका हामदोकले विषयगत योग्यता भएका व्यक्तिलाई सामेल गराएर ‘टेक्नोक्रेटिक सरकार’ गठन गर्ने बताएका हुन् ।

– उत्तरी ग्रीसमा बस दुर्घटना हुँदा सात आप्रवासीको मृत्यु भएको छ । दुई नेपालीसहित ८ जना गम्भीर घाइते भएको बताइएको छ । उत्तरी ग्रीस र टर्कीको सीमा क्षेत्रमा उक्त बस दुर्घटना भएको समाचारमा उल्लेख छ । उनीहरु ग्रीसको थेसालोनिकीतर्फ गइरहेको थियो । नेपालीसहित १५ जना आप्रवासीहरु उक्त बसमा सवार थिए । युरोपेली मुलुक छिराउन मानव तस्करले उनीहरुलाई त्यहाँ पुर्याएको हुनसक्ने बताइएको छ ।

– तालिबानले अफगानिस्तानका टेलिभिजन च्यानललाई ‘अनैतिक देखिने’ र महिना अभिनित कार्यक्रम टेलिभिजनमा प्रसारण गर्न नपाइने भन्दै निर्देशन जारी गरेको छ । आइतबार तालिबानले अफगानिस्तानका टेलिभिजन च्यानललाई विभिन्न धार्मिक निर्देशिका जारी गर्दै महिलाले अभिनय गरेका कार्यक्रम तथा टेलीश्रृंखला प्रसारण नगर्न भनेको हो । निर्देशिकालाई बाध्यात्मक आदेश भन्दा पनि ‘धार्मिक निर्देशिका’को रुपमा लिनुपर्ने पनि तालिबानको भनाइ छ ।

– महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको एक दुर्लभ तथा बहुमूल्य हस्तलिपी लिलामी हुँदैछ । आइन्स्टाइनको उक्त हस्तलिपी पेरिसमा लिलामी हुन लागेको हो । आयोजकले २० देखि ३० लाख युरोमा उनको हस्तलिपी लिलामी हुने अपेक्षा गरेका छन् । लिलामी हुन लागेको हस्तलिपीमा सापेक्षताको सिद्धान्तका लागि उनले गरेको पूर्वतयारीबारे उल्लेख गरिएको छ ।

– हाइटीमा अपहरणमा परेका १७ मिसनरीहरुमध्ये दुई जना अमेरिकी रिहा भएका छन्। गत महिना मावोजो नामक ग्याङले हाइटीबाट १६ अमेरिकी र एक क्यानेडियनलाई अपहरण गरेको हो। गत महिना हाइटीमा अपहरण गरिएका १७ क्रिस्चियन मिसनरीहरूमध्ये दुई जनालाई रिहा गरिएको अमेरिकास्थित चर्च संगठनले जनाएको छ।

– चिनियाँ राष्ट्रपति सी जिनपिङले साना मुलुकलाई नधम्क्याउने बताएका छन् । सोमबार दक्षिणपूर्वी एसियाली राष्ट्र ९आसियान० को सम्मेलनमा बोल्दै सीले आफ्ना क्षेत्रीय छिमेकीलाई चीनले नधम्क्याउने बताएका हुन् । ठूलो चीनले साना मुलुकलाई दबाब नदिने र ‘हस्तक्षेप’ अन्त्य गर्नका लागि दक्षिणपूर्वी एसियाली मुलुकसँग सहकार्य गर्ने समेत सीको भनाइ थियो ।

– पूर्वी कंगोमा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका, महिला पनि रहेका छन् । मारिनेहरु सबै स्थानीय सर्वसाधारण हुन्। इटुरी प्रान्तको द्रोद्रो गाँउमा विद्रोहीहरुले आइतबार राती आक्रमण गरेको त्यहाँको सेनालाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*