Monday, November 29th, 2021
धुम्रपान भन्दा खतरनाक मोटोपन

धुम्रपान भन्दा खतरनाक मोटोपन

धूम्रपान स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसबाट क्यान्सर जस्ता भयानक रोगहरु लाग्न सक्छ तर हामीलाई थाहा नहुन सक्छ कि यो भन्दा ठुलो रोगहरु मोटोपन वा पेट बढ्दा लाग्ने गर्छ । त्यसैले बेलैमा मोटोपनलाई नियन्त्रण गर्नु पर्छ । नत्र व्यक्ति विभिन्न गम्भीर रोगहरुको सिकार हुन पुग्छ । मोटोपनका कारणबाट निम्न रोगहरु लाग्ने सम्भावना बढेर जान्छ ।

मुटु सम्बन्धी रोग

तौल बढ्दै जादा रगतको नसामा बोसो जम्न थाल्छ । जसबाट रगत सहज तरिकाले बग्न पाउदैन अर्थात् रगत नसामा जाम हुने गर्छ । यस्तो अवस्थामा मुटुसम्म रगत र अक्सीजन पुग्न समस्या हुन्छ । यसबाट एन्जाइना, हार्ट एट्याक वा हार्ट फेल हुन सक्छ ।

उच्च रक्तचाप

मोटोपनका कारण रक्तनली साँघुरो हुन पुग्छ । यसबाट मुटुमा बढी दबाब पर्न थाल्छ र उच्च रक्तचापको समस्या हुन पुग्छ ।

स्ट्रोक

मोटोपनका कारण रक्तनलीमा बोसो जम्मा हुन्छ । यसबाट रगत जाम हुन्छ । मस्तिष्कमा रगत र अक्सीजन बेलैमा पुग्न नसक्दा ब्रेन स्ट्रोक हुने सम्भावना बढेर जान्छ ।

टाइप टु मधुमेह

तौल बढ्दै जादा शरीरमा जमेको बोसो र ग्लूकोज खपत गर्ने इन्सुलिनले राम्रो सँग काम गर्न सक्दैन । यसबाट ब्लड सुगरको मात्रा बढेर जान्छ ।

कोलेस्ट्रोल

मोटोपनका कारण रक्तनलीमा बोसो जम्छ । यसबाट रगतमा हानिकारक कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा बढेर जान्छ । यसबाट मुटु सम्बन्धी रोग जस्ता विभिन्न समस्या निम्तीन सक्छ ।

ओबेसिटी हाइपोवेटिलेशन सिन्ड्रोम

मोटोपनका कारण सास फेर्न पनि समस्या हुन थाल्छ । यसबाट रगतमा अक्सीजनको कमी र कार्बन डाइअक्साइड बढी हुन पुग्छ ।

क्यान्सर

अतिरिक्त बोसोले शरीरको कोशिकामा नोक्सान गर्ने हर्मोन उत्पादन गर्छ । यसबाट क्यान्सर हुने सम्भावना बढेर जान्छ ।

अस्टियो आर्थराइटिस

मोटोपनका कारण घुँडा, हिप्स र ढाडमा बढी दबाब पर्न जान्छ । यसबाट अस्टियो आर्थराइटिसको समस्या हुन सक्छ ।

निन्द्रा सम्बन्धी समस्या

गद्र्धन वरिपरि बोसो जम्मा हुँदा श्वासनलीमा जाम हुने समस्या देखा पर्छ । यसबाट निदाएका बेला सास रोकिएर निन्द्रा खुल्ने हुन पुग्छ । यस्तो अवस्थामा स्लीप एप्निया अर्थात् निन्द्रा नलाग्ने रोग लाग्न सक्छ ।

गल ब्लाडरमा पथरी

मोटोपनका कारण गल ब्लाडर सुन्निन सक्छ । यसबाट बोसो जाम भएर पथरीको रूप लिन्छ यसले गर्दा कम्मर र पेट दुख्ने हुन सक्छ ।

मोटोपन नियन्त्रण गर्ने सरल उपाय

– खाना खाई सके पछि एक चम्चा सौंफ सेवन गर्नुहोस् । यसमा पाइने फाइबर आइरन र म्याग्नेसियमले पाचन क्रिया सुधारेर पेट घटाउन मद्धत गर्छ ।

– दिनहुँ गोलभेडाको सुप पिउनुहोस् वा खानामा यसको मात्रा बढाउनुहोस् । यसमा थोरै क्यालोरी र पेटको बोसो नियन्त्रण गर्ने तत्व पाइन्छ ।

– ब्राजिलको एक अध्ययन अनुसार दिनहुँ ३ वटा स्याऊ खादा पेटको बोसो नियन्त्रण गर्न मद्धत मिल्छ । यसमा पाइने पेक्टीनले पेटको बोसो कम गर्छ र फाइबर, फ्लेवोनोइड्स ,बीटा केरोटीनले भोक लागेको महसुस हुन दिदैन ।

– दिनहुँ बिहान ४, ५ केस्रा काँचो लसुन चपाएर खाई एक गिलास पानी पिउनुहोस् । यसबाट शरीरको बोसो खपत हुने प्रक्रिया तीव्र हुन्छ र पेटको बोसो कम हुन्छ ।

– दिनहुँ ४, ५ वटा बदाम खादा यसमा पाइने भिटामीन ई, पोलिसेचुरेड र मोनोसेचुरेटेड फ्याटले भोक शान्त पार्नेछ र पेटको बोसो कम हुनेछ ।

– अण्डामा कोलीन, भिटामीन डी प्रोटीन, भिटामीन बी १२ पर्याप्त मात्रामा हुन्छ । दिनहुँ एउटा अण्डा खादा पेटको बोसो कम गर्न मद्धत पुग्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*