Monday, November 29th, 2021
सौन्दर्यका लागि अचुक औषधी ‘कपुर’

सौन्दर्यका लागि अचुक औषधी ‘कपुर’

प्रायः पूजा गर्न प्रयोग गरिने कपुरको सुगन्धले शरीरमा एउटा नयाँ ऊर्जा ल्याउने गर्छ । कपुरको औषधीय गुणका कारण यसको प्रयोग पूजामा बाहेक मेडिकल फिल्डमा पनि गरिन्छ । यति मात्र होइन, कपुरको प्रयोग सौन्दर्यका लागि पनि निकै उपयोगी हुन्छ । कपुरले डण्डीफोर, कुर्क‘च्चा फुटेको निको पार्नुका साथै कपाल बढ्नमा पनि मद्धत गर्छ । कपुरले कसरी सौन्दर्य सम्बन्धी समस्या समाधान गर्छ त जानी राखौ ।

डण्डीफोरबाट छुट्कारा

सर्वप्रथम अनुहार राम्रो सँग पुछ्नुहोस् । त्यसपछि कपुर र नरिवलको तेल मिसाएर डण्डीफोर भएको भागमा लगाउनुहोस् । यसरी दिनमा दुई पटक लगाउनुहोस् । यदि तपाईँको स्कीन सेन्सीटिभ छ भने पहिला अलिकति दलेर टेस्ट गर्नुहोस् ।

कुर्कच्चा सुन्दर बनाउ“छ

फुटेको कुर्क‘च्चाको चिराहरुमा कपुर दलेर मसाज गर्नुहोस् र मनतातो पानीमा कपुर र अलिकति नुन हालेर स्क्रब गर्नुहोस् । त्यसपछि मोइश्चराइजर लगाउनुहोस् । यो प्रक्रिया केही समय सम्म अपनाउदा कुर्कुच्चा सुन्दर हुनेछ ।

कपाल झर्न कम गर्छ

कपुर र नरिवलको तेल मिसाई सुत्नु अघि कपालको जरा जरामा मसाज गर्नुहोस् । नियमित रूपमा यसो गर्दा यसले कपाल झर्न कम गर्छ र कपाल लामो पनि हुन्छ ।

अनुहारमा निखार ल्याउछ

नियमित रूपमा सुत्नु अघि कपुर र काँचो दूध मिसाई रुवाको मद्धतले अनुहारमा लगाउनुहोस् र सुके पछि पखाल्नुहोस् । यसो गर्दा अनुहार केही उज्यालो हुनेछ ।

चायाँ हटाउँछ

नरिवलको तेल र कपुर मिसाई त्यसलाई मनतातो पारी कपालको जरा तथा कपालमा नियमित रूपमा मसाज गर्दा चायाँको समस्या पनि हराएर जानेछ ।

चिलाउने वा पास्ने हटाउछ

कपुरले एलर्जी हुँदा चिलाउने वा रातो भएर पास्ने समस्यामा राहत दिन्छ । कपुरमा अलिकति पानी मिसाई पातलो पेस्ट बनाई पासेको ठाउँमा लगाउनुहोस् । यसले चाँडै नै निको पार्नेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*