Monday, November 29th, 2021
चियापत्ती पुनः प्रयोग गर्ने तरिका

चियापत्ती पुनः प्रयोग गर्ने तरिका

हामी सबैको घरमा चिया पाक्ने गर्छ । कसैको घरमा दुई पटक त कसैको घरमा घण्टै पिच्छे पनि पाक्ने गर्छ । चिया पकाई सके पछि प्रायः हामी चियापत्ती फाली दिने गर्छौ तर के तपाईँलाई थाहा छ, हामी यसलाई पुनः विभिन्न काममा प्रयोग गर्न सक्छौ । यसका लागि हामीलाई चियापत्ती प्रयोग गर्ने तरिका राम्रो सँग आउनु पर्छ । पकाई सकेको चियापत्ती पुनः प्रयोग गर्नु अघि राम्रो सँग पखाल्नु पर्छ । जसबाट त्यसमा रहेको गुलियो पखालिएर जाओस् । त्यसपछि बाकी रहेको चियापत्ती निम्न कामहरुमा प्रयोग गर्न सकिन्छ ।

– चियापत्तीमा एन्टी अक्सीडेन्ट पाइन्छ । यस्तो अवस्थामा चोट पटक वा घाउमा चियापत्तीको लेप लगाउँदा फाइदा हुन्छ । उमालेको चियापत्ती राम्रो सँग पखाल्नुहोस् । यसबाट घाउ चाडै भरिन्छ । यसबाहेक चियापत्ती उमालेको पानीले घाउ सफा गर्न पनि सकिन्छ ।

– चियापत्ती उमालेको पानी एउटा राम्रो कंडिशनर पनि हो । चियापत्ती पखालेर फेरि उमाल्नुहोस् र त्यो पानीले कपाल पखाल्नुहोस् यसबाट कपाल चम्किलो र नरम हुनेछ ।

– चियापत्ती धोएर सुकाउनुहोस् । काबुली चनाको तरकारी पकाउदा यही चियापत्तीको पानी उमालेर हाल्नुहोस् । यसबाट चनाको रङ्ग राम्रो देखिनेछ ।

– चियापत्ती पानीमा हालेर उमाल्नुहोस् र त्यो पानी छानेर एउटा स्प्रे बोटलमा भर्नुहोस् । यसले फर्निचर सफा गर्न सकिनेछ ।

– प्रयोग गरी सकेको चियापत्ती गमलामा मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*